११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

मधेस प्रदेश:प्रतिबन्धित लागुऔषध ट्याबलेट र सुईसहित ४ जना पक्राउ

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष ०९, २०८०

जनकपुरधाम । मधेस प्रदेशका बारा जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ट्याब्लेट र सुईसहित चार जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिमरा र निजगढ बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको हो।

सिमराबाट पक्राउ परेकाहरुको साथबाट फेनरागन- २९६ पिस, डाईजेपाम- ३०३ पिस र बुप्रो नोर्फिन- ३०० पिस बरामद गरिएको छ। पक्राउ पर्नेमा कलैयाका ४३ वर्षीय जयशंकर प्रसाद यादव, २४ वर्षीय मनिष कुमार साह रहेका छन्।

यस्तै,इलाका प्रहरी कार्यालय निजगढले पनि दुई जनालाई पक्राउ गरेको छ। निजगढ नगरपालिका वडा नं.९ शहिद चोकस्थित बजारमा लागुऔषध ट्याब्लेट लिएर घुमिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

Tramanil- १८ पत्ता १८० ट्याबलेटसहित निजगढ–८ बुद्धचोकका २० वर्षीय विवेक मोक्तान, जितपुर सिमरा–१६ का २० वर्षीय सागर तामाङ पक्राउ परेका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]