१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

मधेस प्रदेश:प्रतिबन्धित लागुऔषध ट्याबलेट र सुईसहित ४ जना पक्राउ

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष ०९, २०८०

जनकपुरधाम । मधेस प्रदेशका बारा जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ट्याब्लेट र सुईसहित चार जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिमरा र निजगढ बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको हो।

सिमराबाट पक्राउ परेकाहरुको साथबाट फेनरागन- २९६ पिस, डाईजेपाम- ३०३ पिस र बुप्रो नोर्फिन- ३०० पिस बरामद गरिएको छ। पक्राउ पर्नेमा कलैयाका ४३ वर्षीय जयशंकर प्रसाद यादव, २४ वर्षीय मनिष कुमार साह रहेका छन्।

यस्तै,इलाका प्रहरी कार्यालय निजगढले पनि दुई जनालाई पक्राउ गरेको छ। निजगढ नगरपालिका वडा नं.९ शहिद चोकस्थित बजारमा लागुऔषध ट्याब्लेट लिएर घुमिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

Tramanil- १८ पत्ता १८० ट्याबलेटसहित निजगढ–८ बुद्धचोकका २० वर्षीय विवेक मोक्तान, जितपुर सिमरा–१६ का २० वर्षीय सागर तामाङ पक्राउ परेका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]