१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

शुद्धोधन गाउँपालिका बालविवाह तथा जातीय छुवाछूत मुक्त

Logo
जानु पाण्डे प्रकाशित मंगलबार, पुष १०, २०८०

कपिलवस्तु। कपिलवस्तुको शुद्धोधन गाउँपालिका-२ बालविवाह तथा जातीय छुवाछूत मुक्त घोषणा गरिएको छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, जनप्रतिनिधि तथा सरोकारवाला निकायले बालविवाह र छुवाछुत सामाजिक तथा कानुनी अपराध भएकाले यसको अन्त्य हुनुपर्ने प्रतिबद्धता सहित हस्ताक्षर गरेर वडालाई बालविवाह र छुवाछुत मुक्त घोषणा गरिएको हो ।

घोषणा सभामा बोल्दै सभामुख घर्तीमगरले बालविवाह तथा छुवाछुतलाई कानुनले वर्जित गरेपनि समाजमा अझै पनि देखिएको बताउनुभएको छ । उहाँले घोषणासँगै व्यवहारमा उतार्नका समुदायलाई सचेत गराउन पर्ने बताउनुभयो । “अब बालबालिकालाई मात्र होइन बुवा आमालाई पनि सचेत गराउन पर्छ । कुरीतिलाई जरैबाट हटाउन विद्यालयमा अतिरिक्त पाठ्यवस्तु समावेश गर्न जरुरी छ,” सभामुख घर्तीमगरले भन्नुभयो ।

घोषणा समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य मधुसूदन शरण चौधरी, लुम्बिनी प्रदेश पूर्व मन्त्री सहसराम यादव, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आचार्यले मधेसमा सामाजिक विकासको लहर चल्न लागेको बताउनुभयो । पालिकाका दुई वडामा बालविवाह र छुवाछुत मुक्त अभियान सफल भएको गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले बताउनुभयो ।

यस्तै, अघिल्लो वर्ष वडा नम्बर १ मुक्त घोषणा गरिएको थियो । तीन वर्षभित्र गाउँपालिका बालविवाह र छुवाछुत मुक्त घोषणा गर्ने अभियान सञ्चालन गरिएको अध्यक्ष चौधरीको भनाइ छ ।

पालिकाको २ नम्बर वडा कार्यालय, बालविवाह तथा छुवाछुत विरुद्धको निगरानी समिति, किशोरकिशोरी सञ्जाल तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको अगुवाइमा बालविवाह तथा छुवाछुत मुक्त वडा घोषणा भएको वडा अध्यक्ष मनोज कुमार यादवले बताउनुभयो । वडामा २०१९ मा १० प्रतिशत बालविवाहको तथ्याङ्क थियो ।

अघिल्लो वर्ष २ प्रतिशत र चालु वर्षमा बालविवाह शून्य रहेको सिद्धार्थ सामाजिक केन्द्रका कार्यक्रम संयोजन धनेश्वरी घर्तीले बताउनुभयो । किशोरकिशोरी समूहको सक्रियतामा गत वर्ष जन्ती आएको विवाह रोक्न सफल भएको किशोर किशोरी सञ्जालका सदस्य पुनम थारुले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]