१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

आन्दोलनका मुद्दाहरू फिर्ता लिन जनमतको दबाब

Logo
मनोज मोरबैता प्रकाशित बुधबार, पुष ११, २०८०

काठमाडौं । जनमत पार्टीले स्वराज आन्दोलन, मधेश आन्दोलन र किसान आन्दोलनलगायतका आन्दोलनमा लगाइएका मुद्दाहरु फिर्ता लिन नेपाल सरकारलाई दबाब दिएको छ।

बुधबार काठमाडौंस्थित जनमत पार्टी कार्यालयमा आन्दोलनकारीहरुको बैठक पश्चात गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मुद्दाहरु फिर्ता लिन दबाब स्वरुप ज्ञापनपत्र बुझाएको छ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले मधेशी-थारु एवं सीमान्तकृतहरुको आन्दोलनमा लागेका आन्दोलनकारीहरुको मुद्दाहरु फिर्ता गराउने जिम्मेवारी जनमत पार्टीको काँधमा आएको बताए।

गृहमन्त्री श्रेष्ठलाई तत्काल आन्दोलनकारीहरुमाथिको धरपकड रोक्न र कानुन संशोधन प्रक्रिया अगाडि बढाएर मुद्दाहरु फिर्ता लिन अध्यक्ष डा.राउतले आग्रहसमेत गरे ।

आन्दोलनकारी तथा शहीद परिवारको तर्फबाट मु्द्दा फिर्ता लिन, धरपकड नगर्न, शहीद परिवार तथा घाइतेहरूलाई राज्यबाट सहयोग उपलब्ध गराउनेसहितका मागहरूको विषयमा गृहमन्त्री श्रेष्ठसंग छलफल भएको पार्टीका राष्ट्रिय सचिव बीपी साहले जानकारी दिए।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.दीपक कुमार साह,पार्टी राष्ट्रिय सचिव बीपी साह, स्वराज आन्दोलनका सहीद राम मनोहर यादवको भाई बिष्णु यादव, स्वराज आन्दोलनका अगुवा आन्दोलनकारी रामशंकर महाशेठ, संजय यादव, किसान आन्दोलनका आन्दोलनकारी धनिकलाल मण्डल लगायतको उपस्थितिमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]