२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

मधेस प्रदेश: बोरा लिएर कृषक पुगे कृषि शाखा

Logo
विनोद मण्डल प्रकाशित बिहिबार, पुष १२, २०८०

सिरहा । सिरहाको धनगढीमाईको कृषि शाखामा स्थानिय किसानहरू खाली बोरा लिएर पुगेका छ्न।

शाखाद्वारा स्थानिय किसानहरूलाई अनुदानमा वितरण गरिएको आदित्य जातको गहुँको बीउ खेतमा नउम्रिएपछि स्थानिय किसानहरू कृषक समुह महासंघका अमिरलाल यादवको नेतृत्वमा खाली बोरा बोकेर कृषि शाखामा पुगेर ज्ञापन पत्र बुझाएका छन् ।

धनगढीमाई नगरपालिका स्थित किसानहरूलाई वितरण गरिएको आतिथ्य जातको गहुँको बीउ नउम्रिएपछि किसानहरू आन्दोलित भएका छन ।

करिब ३० जना किसानहरूको खेतमा छरिएको गहुँ हालसम्म उम्रिएको छैन ।

यता पीडित किसानहरूको समस्याप्रति गम्भीर भएका शाखाले किसानहरूलाई क्षतिपूर्ति उपलब्द गराउनका लागि सकारात्मक प्रतिक्रिया देखाएका छन ।

धनगढीमाई नगरपालिका भित्र आम किसानहरूको खेत बारीमा माटो परीक्षणको कार्य अगाडि बढाउन सकिएको खण्डमा यस्ता समस्या नआउने भएकोले नगर उक्त कार्यको लागि गम्भीर हुन जरुरी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]