१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

आन्दोलनको खाका तयार गर्दै सातै प्रदेश सरकार

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, पुष १३, २०८०

जनकपुरधाम । मधेश प्रदेश सरकारको अगुवाइमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक शुक्रबार हेटौडामा बस्दै छ । प्रदेश सरकारहरुलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने माग गर्दै मुख्यमन्त्रीहरु छलफल गर्न थालेका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउनुका साथै संघ सरकारविरुद्ध आन्दोलनको चेतावनी समेत दिएका थिए । तर, ती चेतावनीबाट संघ सरकारमाथि प्रभाव नपरेपछि मुख्यमन्त्री यादवले सातवटै मुख्यमन्त्रीसंग छलफल गरी एक्कै पटक आन्दोलनको तयारी थालेका छन् ।

सातवटै मुख्यमन्त्रीको शुक्रबार बस्ने बैठकवाट आगामी योजना र आन्दोलनका कार्यक्रम तय गर्ने बैठकमा सहभागी हुन हेटौडा पुगेका मधेश प्रदेशका मुख्यमन्त्री यादवले जानकारी दिए । उनले सातवटै प्रदेशका मुख्यमन्त्री हेटौडा पुगि सकेको जानकारी दिँदै आगामी रणनीति तय गर्ने बताए ।

मधेश प्रदेश सरकारले निजामती कर्मचारी र प्रहरी समायोजनका लागि दबाब सृजना गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]