२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

आन्दोलनको खाका तयार गर्दै सातै प्रदेश सरकार

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, पुष १३, २०८०

जनकपुरधाम । मधेश प्रदेश सरकारको अगुवाइमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक शुक्रबार हेटौडामा बस्दै छ । प्रदेश सरकारहरुलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने माग गर्दै मुख्यमन्त्रीहरु छलफल गर्न थालेका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउनुका साथै संघ सरकारविरुद्ध आन्दोलनको चेतावनी समेत दिएका थिए । तर, ती चेतावनीबाट संघ सरकारमाथि प्रभाव नपरेपछि मुख्यमन्त्री यादवले सातवटै मुख्यमन्त्रीसंग छलफल गरी एक्कै पटक आन्दोलनको तयारी थालेका छन् ।

सातवटै मुख्यमन्त्रीको शुक्रबार बस्ने बैठकवाट आगामी योजना र आन्दोलनका कार्यक्रम तय गर्ने बैठकमा सहभागी हुन हेटौडा पुगेका मधेश प्रदेशका मुख्यमन्त्री यादवले जानकारी दिए । उनले सातवटै प्रदेशका मुख्यमन्त्री हेटौडा पुगि सकेको जानकारी दिँदै आगामी रणनीति तय गर्ने बताए ।

मधेश प्रदेश सरकारले निजामती कर्मचारी र प्रहरी समायोजनका लागि दबाब सृजना गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]