१० कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
×

मधेस प्रदेशः पीडितमाथि अश्रुग्यास प्रहार

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, पुष १३, २०८०

सर्लाही । प्रहरीले अश्रुग्यास प्रहार गर्दा सर्लाहीमा एक दर्जन भन्दा बढी मिटर व्याज पीडित महिलाहरु घाइते भएकी छन् ।

मिटर व्याज पीडितहरु जिल्ला प्रशासन कार्यालय सर्लाहीले आफूहरुको निवदनमा ढिलासुस्ती गरेको भन्दै उनीहरु धर्नामा बसेपछि प्रहरीले उनीहरुलाई तितिरबितिर पार्न आश्रुग्यास प्रहार गरेका छन् ।

धर्नामा बसेका मिटर व्याज पीडितहरुले प्रमुख जिल्ला अधिकारी विरुद्ध नाराबाजी गर्नथालेपछि प्रहरीले उनीहरुमाथि अश्रुग्यास प्रहार गर्दा एक दर्जन भन्दा बढी घाइते समेत भएका छन् । स्थिति नियन्त्रण गर्न प्रहरीले पाँच राउण्ड अश्रुग्यास प्रहार गरेका थिए । घाइतेहरुको प्रादेशिक अस्पताल मलंगवा उपचार भइ रहेको छ ।

सर्लाहीमा मिटर व्याज सम्वन्धी अनुचित लेनदेनको ३१ सय उजुरी दर्ता गराइएको छ । तर त्यस मध्ये ६ सय उजुरी मिलापत्र भएको छ भने २५ सय मुद्दा पछ्र्यौट हुन बाँकी रहेको छ ।

मिटर व्याज सम्वन्धी मुद्दा जटिल रहेको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए । प्रजिअ धमलाले यो मुद्दामा वडाध्यक्ष देखि मन्त्री सम्मको दवाव आउने गरेको बताए । उनले प्राइभेट नम्वर हरुबाट फोन आउन थालेपछि मुद्दा प्रभावित भएको उनले स्वीकारे ।

मिटर व्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति सर्लाहीका सचिव सोनफी चौधरीले अनुचित देनदेनको कानुन बनेपछि दुई महिना सम्म जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट पूर्ण रुपमा निष्पक्ष न्याय भएको बताउँदै त्यस पछि यता, सिडिओ साहव निष्कृय बनेको आरोप लगाए ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दिनहुँ कुटपिट तथा झै– झगडा हुन थालेपछि कार्यालयको कामहरु प्रभावित हुन थालेको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले भने–‘अनुचित लेनदेनको मुद्दा मिलान गर्न एउटा समिति बनाइएको छ । जसमा जिल्ला प्रशासन कार्यालय, सर्लाहीका प्रतिनिधि, सरकारी वकील कार्यालयका प्रतिनिधि, वित्तिय संस्थाका प्रतिनिधि, मालपोत कार्यालयका प्रतिनिधिका साथै मिटर व्याज तथा ठगीविरुद्ध मजदुर संघर्ष समिति सर्लाहीका प्रतिनिधि राखेर छलफल हुन्छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार परेको ३१ सय निवेदन मध्ये ६ सय २५ वटा मुद्दा फछ्र्यौट भइ सकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]