०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

मधेस प्रदेशः पीडितमाथि अश्रुग्यास प्रहार

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, पुष १३, २०८०

सर्लाही । प्रहरीले अश्रुग्यास प्रहार गर्दा सर्लाहीमा एक दर्जन भन्दा बढी मिटर व्याज पीडित महिलाहरु घाइते भएकी छन् ।

मिटर व्याज पीडितहरु जिल्ला प्रशासन कार्यालय सर्लाहीले आफूहरुको निवदनमा ढिलासुस्ती गरेको भन्दै उनीहरु धर्नामा बसेपछि प्रहरीले उनीहरुलाई तितिरबितिर पार्न आश्रुग्यास प्रहार गरेका छन् ।

धर्नामा बसेका मिटर व्याज पीडितहरुले प्रमुख जिल्ला अधिकारी विरुद्ध नाराबाजी गर्नथालेपछि प्रहरीले उनीहरुमाथि अश्रुग्यास प्रहार गर्दा एक दर्जन भन्दा बढी घाइते समेत भएका छन् । स्थिति नियन्त्रण गर्न प्रहरीले पाँच राउण्ड अश्रुग्यास प्रहार गरेका थिए । घाइतेहरुको प्रादेशिक अस्पताल मलंगवा उपचार भइ रहेको छ ।

सर्लाहीमा मिटर व्याज सम्वन्धी अनुचित लेनदेनको ३१ सय उजुरी दर्ता गराइएको छ । तर त्यस मध्ये ६ सय उजुरी मिलापत्र भएको छ भने २५ सय मुद्दा पछ्र्यौट हुन बाँकी रहेको छ ।

मिटर व्याज सम्वन्धी मुद्दा जटिल रहेको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए । प्रजिअ धमलाले यो मुद्दामा वडाध्यक्ष देखि मन्त्री सम्मको दवाव आउने गरेको बताए । उनले प्राइभेट नम्वर हरुबाट फोन आउन थालेपछि मुद्दा प्रभावित भएको उनले स्वीकारे ।

मिटर व्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति सर्लाहीका सचिव सोनफी चौधरीले अनुचित देनदेनको कानुन बनेपछि दुई महिना सम्म जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट पूर्ण रुपमा निष्पक्ष न्याय भएको बताउँदै त्यस पछि यता, सिडिओ साहव निष्कृय बनेको आरोप लगाए ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दिनहुँ कुटपिट तथा झै– झगडा हुन थालेपछि कार्यालयको कामहरु प्रभावित हुन थालेको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले भने–‘अनुचित लेनदेनको मुद्दा मिलान गर्न एउटा समिति बनाइएको छ । जसमा जिल्ला प्रशासन कार्यालय, सर्लाहीका प्रतिनिधि, सरकारी वकील कार्यालयका प्रतिनिधि, वित्तिय संस्थाका प्रतिनिधि, मालपोत कार्यालयका प्रतिनिधिका साथै मिटर व्याज तथा ठगीविरुद्ध मजदुर संघर्ष समिति सर्लाहीका प्रतिनिधि राखेर छलफल हुन्छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार परेको ३१ सय निवेदन मध्ये ६ सय २५ वटा मुद्दा फछ्र्यौट भइ सकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]