१२ कार्तिक २०८२, बुधबार
29-10-2025 , Wed
×

विधवा आमाको सहारा ढल्यो : बहिनीले ‘बा’को झल्को मेटाउने दाइ गुमाइन्,भाइले भरोसा

Logo
विष्णु शर्मा प्रकाशित शनिबार, पुष १४, २०८०

दैलेख ।दैलेखको महाबु गाउँपालिका घर भई नयाँ बजारमा व्यवसाय गर्दै आएको भक्तबहादुर राउतको परिवार दुई वर्षअघिसम्म सामान्य दिनचर्यामा थियो । व्यवसाय राम्रै चलेको थियो, परिवारमा खुसी थियो । एकाएक भक्तबहादुर क्यान्सरले थलिए । सास हुन्जेल आस हुन्छ भनेझैँ परिवारका सदस्यले हरसम्भव प्रयास गरे । तर, गत वर्षको १२ मंसिरमा भक्तबहादुरले धर्ती छाडे । न धन रह्यो, न जन । बाबु बितेपछि विधवा आमा, बहिनी र भाइको जिम्मेवारी जेठा छोरा सुजनको काँधमा आइपुग्यो ।

लाखौँ ऋणको भारीले थिचिएका सुजन अन्ततः घर छाडेर परदेश हानिने निर्णयमा पुगे र दक्षिण कोरिया भाषा परीक्षाको तयारीमा जुटे । स्वदेशमा बगाउने पसिनाले लाखौँ ऋण चुक्ता गर्न र लथालिंग बनेको परिवार सम्हाल्न नसक्ने भएपछि उनले कोरिया सपना सजाएका थिए । त्यसका लागि काठमाडौं हान्निए र कोरिया भाषा परीक्षाको तयारीमा जुटे । प्रारम्भिक परीक्षामा उत्तीर्ण भए, तर त्यसपछिको परीक्षामा सफलता मिलेन ।

पानीजहाज निर्माण गर्ने कम्पनीमा काम गर्नका लागि दिएको परीक्षामा असफल भएकाहरू कृषितर्फको रोजगारीमा जाने अवसरका लागि आवेदन दिन चाहन्थे । तर, सरकारले त्यस्तो व्यवस्था गरिदिएन । देशका कुनाकुनाबाट काठमाडौं आएर तयारीमा जुटेका सयौँ युवाको सपना टुट्दै गएको थियो । आक्रोशित युवाहरू शुक्रबार बालकुमारीनजिकै रहेको इपिएस शाखा कार्यालयनजिक जम्मा भए । त्यही भिडमा पुगेका थिए २३ वर्षीय सुजन । आक्रोशित भिड अनियन्त्रित हुँदै गयो । तोडफोड र आगजनीमा उत्रियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले मनलाग्दी लाठीचार्ज गर्‍यो । सुजन त्यसको चपेटमा परे । प्रहरीले प्रहार गरेको लाठी छातीमा लागेपछि सुजन सडकमै ढले । अचेत अवस्थामै उनलाई अन्य युवाले एम्बुलेन्स बोलाएर किस्ट मेडिकल कलेज पुर्‍याए । तर, सुजनको प्राण उडिसकेको थियो, चिकित्सकले मृत घोषणा गरे । दैलेखबाट काठमाडौं हुँदै कोरिया उड्ने सुजनको सपना एकैक्षणमा हावामा विलीन हुन पुग्यो । यता, सुजन ढले, उता विधवा आमाको सहारा । बहिनीले ‘बा’को झल्को मेटाउने दाइ गुमाइन्, भाइले भरोसा ।

अधुरै रह्यो काकाको बाचा
बुधबार सुजनले काका लोकेन्द्र रावतलाई फेसबुक म्यासेन्जरमार्फत एक जोर कपडा किनिदिन आग्रह गरेका थिए । ‘एक जोर कपडा किन्दिनु न काकु,’ सुजनले लेखेका थिए । जवाफमा काका लोकेन्द्रले लेखे, ‘ल अर्को महिना किनौँला ।’ दुई दिनपछि नै सुजन ढले । न सुजनले नयाँ कपडा लगाउने रहर पूरा गर्न पाए, न काकाले भतिजलाई नयाँ कपडा किनिदिने बाचा पूरा गर्न । सुजनसँगको च्याटको स्क्रिन सट राख्दै सामाजिक सञ्जालमा शुक्रबार लोकेन्द्रले लेखे, ‘एक जोर कपडा ठूलो ऋण भयो प्यारो छोरा ।’

बिरामी वृद्ध बुबाआमाका सहारा थिए वीरेन्द्र
प्रहरीको गोलीबाट ज्यान गुमाएका अछामका २३ वर्षीय वीरेन्द्र शाहका बुबा प्यारालाइसिसबाट पीडित छन्, छोराको मृत्युको खबर सुनेपछि आमा बेहोस छिन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]