१८ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

भ्रष्ट राज्यले रोजगारी त दिएन, उल्टै छातीमा गोली ठोक्यो :डा.सीके राउत

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष १४, २०८०

काठमाडौं ।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले यो भ्रष्ट सरकारले रोजगारी नदिई उल्टै छातीमा गोली ठोकेको बताएका छन् । ईपीएस विवादमा शुक्रबार प्रहरीको दमनबाट दुई जनाको युवाको मृत्यु भएको विषयलाई जोडेर राउतले यस्तो भनेका हुन् ।

उनी शनिबार दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहलाई श्रद्धाञ्जलि दिन अस्पताल पुगेका थिए । अस्पताल पुगेपछि उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन्, ‘अङ्गप्रत्यङ्ग बिकेको यो भ्रष्ट राज्यले युवालाई शिक्षा दिएन, स्वास्थ्य सेवा दिएन, रोजगारी दिएन । बाआमालाई लागेको ऋण चुकाउन विदेश जान लाग्दा पनि कमिसनखोर मन्त्री र कर्मचारीहरूको सिन्डिकेटले अनेक बहानामा पैसा वसुल गर्न अवरोध खडा गर्‍यो र छातीमा गोली ठोकिदियो ।’

उनले शुक्रबार मारिएका युवाहरू कुनै पार्टीका वा कुनै समूहका नभएको भन्दै नेताहरूको लुटतन्त्रसँग पनि दुस्मनी नभएको बताएका छन् । उनले लेखेका छन्, ‘आँखा खोल हो सरकार । यी युवाहरू कुनै पार्टीका, कुनै समूहका थिएनन्, कतैबाट परिचालित थिएनन्, तिमीहरूको मोजमस्ती र लुटतन्त्रसँग पनि दुस्मनी थिएन । उनीहरू त फगत आफ्नो पारिवारिक जिम्मेवारी निर्वाह गर्न, आफ्नो पेट पाल्न, परदेश जान चाहन्थे ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]