१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

भ्रष्ट राज्यले रोजगारी त दिएन, उल्टै छातीमा गोली ठोक्यो :डा.सीके राउत

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष १४, २०८०

काठमाडौं ।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले यो भ्रष्ट सरकारले रोजगारी नदिई उल्टै छातीमा गोली ठोकेको बताएका छन् । ईपीएस विवादमा शुक्रबार प्रहरीको दमनबाट दुई जनाको युवाको मृत्यु भएको विषयलाई जोडेर राउतले यस्तो भनेका हुन् ।

उनी शनिबार दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहलाई श्रद्धाञ्जलि दिन अस्पताल पुगेका थिए । अस्पताल पुगेपछि उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन्, ‘अङ्गप्रत्यङ्ग बिकेको यो भ्रष्ट राज्यले युवालाई शिक्षा दिएन, स्वास्थ्य सेवा दिएन, रोजगारी दिएन । बाआमालाई लागेको ऋण चुकाउन विदेश जान लाग्दा पनि कमिसनखोर मन्त्री र कर्मचारीहरूको सिन्डिकेटले अनेक बहानामा पैसा वसुल गर्न अवरोध खडा गर्‍यो र छातीमा गोली ठोकिदियो ।’

उनले शुक्रबार मारिएका युवाहरू कुनै पार्टीका वा कुनै समूहका नभएको भन्दै नेताहरूको लुटतन्त्रसँग पनि दुस्मनी नभएको बताएका छन् । उनले लेखेका छन्, ‘आँखा खोल हो सरकार । यी युवाहरू कुनै पार्टीका, कुनै समूहका थिएनन्, कतैबाट परिचालित थिएनन्, तिमीहरूको मोजमस्ती र लुटतन्त्रसँग पनि दुस्मनी थिएन । उनीहरू त फगत आफ्नो पारिवारिक जिम्मेवारी निर्वाह गर्न, आफ्नो पेट पाल्न, परदेश जान चाहन्थे ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]