१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

माइतीघरबाट पक्राउ परे मन्त्री अनिता देवी

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष १६, २०८०

काठमाडौं । प्रहरीले माइतीघरमण्डलबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई नियन्त्रणमा लिएको छ ।

राष्ट्रिय धोती दिवस मनाउन माइतीघरमण्डल गएका बेला प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका अरु नेताहरुलाई पनि पक्राउ गरेको थियो । त्यसक्रममा सामान्य प्रशासन मन्त्री अनिता देवी पनि पक्राउ परेकी हुन् ।

प्रहरीले उनलाई नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा राखेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । र, त्यहाँ प्रदर्शन गरेको भन्दै प्रहरीले जनमत पार्टीका नेताहरुलाई पक्राउ गरेको हो ।

साँझसम्ममा उनीहरुलाई छाडिने प्रहरीले जनाएको छ । जनमत पार्टीकी नेतृ अनिता देवी २९ साउनमा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी थिइन् ।

प्रहरीले पूर्वखानेपानी मन्त्री अब्दुल खानलाई समेत नियन्त्रणमा लिएको छ । पार्टीका विभिन्न तहका नेताहरुसहित गरेर जम्मा ५३ जनालाई नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]