१० बैशाख २०८३, शुक्रबार
24-04-2026 , Fri
×

काठमाडौंमा धोती दिवस मनाउन नदिएपछि सिरहामा जक्काजाम

Logo
दिपेन्द्र कुमार यादव प्रकाशित सोमबार, पुष १६, २०८०

दिपेन्द्र कुमार यादव ,सिरहा । धोती दिवस मनाउन काठमाडौंको माइतीघर गएका मधेशीहरूलाई प्रहरीले हस्तक्षेप गर्दै पक्राउ गरेपछि सिरहामा राजमार्ग अवरुद्ध पारिएको छ ।

जनमत पार्टीका नेता कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका-८ स्थित कसहा चोकमा राजमार्गमै टायर बाली प्रदर्शन थालेका हुन् ।

‘धोती दिवस’ लेखिएको ब्यानरसहित आज बिहान सेतो धोती लगाएर माइतीघरमा भेला भएका ५८ जना बढीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, उपाध्यक्ष अब्दुल खान, दिपक साह, प्रवक्ता डा. शरद सिंह यादव, राष्ट्रिय सचिव बीपी साहलगायत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]