०३ कार्तिक २०८२, सोमबार
20-10-2025 , Mon
×

काठमाडौंमा धोती दिवस मनाउन नदिएपछि सिरहामा जक्काजाम

Logo
दिपेन्द्र कुमार यादव प्रकाशित सोमबार, पुष १६, २०८०

दिपेन्द्र कुमार यादव ,सिरहा । धोती दिवस मनाउन काठमाडौंको माइतीघर गएका मधेशीहरूलाई प्रहरीले हस्तक्षेप गर्दै पक्राउ गरेपछि सिरहामा राजमार्ग अवरुद्ध पारिएको छ ।

जनमत पार्टीका नेता कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका-८ स्थित कसहा चोकमा राजमार्गमै टायर बाली प्रदर्शन थालेका हुन् ।

‘धोती दिवस’ लेखिएको ब्यानरसहित आज बिहान सेतो धोती लगाएर माइतीघरमा भेला भएका ५८ जना बढीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, उपाध्यक्ष अब्दुल खान, दिपक साह, प्रवक्ता डा. शरद सिंह यादव, राष्ट्रिय सचिव बीपी साहलगायत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]