१० कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
×

धोती लगाएर मुख्यमन्त्री कार्यलय पुगे जनमतका मन्त्री

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष १६, २०८०

जनकपुरधाम । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंह आज धोती लगाएर मन्त्रालय पुगेका छन् ।

जनमत पार्टीले जनवरी १ मा विगतमा जस्तै आज ‘राष्ट्रीय धोती दिवस’ मनाएको छ । यो अवसरमा जनमतबाटै मधेशमा मन्त्री बनेका यादव र सिंह धोती लगाएर पहिलोपटक मन्त्रालय पुगे ।

मन्त्रीद्वय यादव र सिंह पार्टीका नेता-कार्यकर्तासहित मधेस भवन पुगेर शुभकामना आदान-प्रदान गरे ।

मन्त्रालय पुगेर मन्त्रीद्वय यादव र सिंह मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । ‘राष्ट्रिय धोती दिवस’ लाई राज्यबाट मान्यता दिनुपर्ने माग राख्न खोज्दा मुख्यमन्त्री भेट्न नपाएको उनीहरूले बताए ।

दिवस निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि आज बिहान माइतीघरबाट जनमतका अध्यक्ष सिके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी,पुर्व खानेपानी मन्त्री अब्दुल खानलगायतका नेता कार्यकर्ता पक्राउ परेका थिए । उनीहरूलाई तत्काल छाड्न मन्त्री यादवले माग गरे ।

उनले भने, ‘धोती दिवस मनाउँदा राष्ट्रिय अध्यक्ष डा. राउतलाई पक्राउ गर्नु भनेको मधेसीको पहिचान र पहिरनमाथि प्रहार गर्नु हो । सरकारले माफी माग्नुपर्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]