१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

गृहमन्त्रीलाई डा.सीके राउतको प्रश्न: क्याबिनेट मन्त्रीलाई नै हिरासतमा लिने यो कस्तो गणतन्त्र ?

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष १६, २०८०

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं हिरासतमा पुगेर छुटाएका छन् ।

आज माइतीघर सांस्कृतिक प्रदर्शन गर्न खोज्दा पार्टी अध्यक्ष डा.सीके राउत,संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साह,उपभोक्ता समितिका सभापति अब्दुल खानसहित ५३ जना नेताकार्यकर्ताहरु पक्राउ परेका थिए।

गृहमन्त्रीको रोहबरमा हिरासतमुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दै राउतले राज्यले आफूहरुमाथि विभेद गरेको आरोप लगाए । सांस्कृतिक प्रदर्शन भएकाले निषेधित क्षेत्रमा पनि जान दिनुपर्ने उनको तर्क थियो ।

डा.राउतले भने, ‘हामी जम्मा हुनासाथ धरपकड र धकेल्ने काम भयो । एकाएक सबैलाई हिरासतमा राखियो । मन्त्री र माननीयज्यूहरुलाई त यस्तो व्यवहार हुन्छ भने जनताको अवस्था के होला ?’

उनले विगतदेखि नै आफूहरुले जनवरी १ मा ‘धोति दिवस’ मनाउँदै आएको बताए । तर, मधेशी भनेर विभेद गरिएको उनको दावी थियो ।

‘कतिसम्म विभेद छ हेर्नुस । मधेस मुलकी महिलामन्त्रीलाई पक्राउ गरियो । अरु पार्टीको भ एगर्न सक्थे ? राष्ट्रिय पार्टीको अध्यक्षलाई पक्राउ गरियो । यो रंगभेद हो । आफ्नै क्याबिनेट मन्त्रीलाई हिरासतमा लिने यो कस्तो गणतन्त्र ? यो कस्तो मानवअधिकार ? धन्न हामीले संयम अपनायौं । नत्र देशभर आगो बल्ने अवस्था थियो,’ डा.राउतले धम्कीपूर्ण भाषामा भने ।

मन्त्री आफैं हिरासत पुगेर छुटाएको विषयमा पत्रकारले प्रश्न गर्दा उनले जवाफ दियो, ‘हाम्रो सर्त नै मन्त्री आएर जवाफ दिनुपर्छ भन्ने थियो, त्यसैले आउनुभयो ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]