०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

सिरहाबाट पक्राउ परेका जनमतका सबै कार्यकर्ता रिहा

Logo
दिपेन्द्र कुमार यादव प्रकाशित सोमबार, पुष १६, २०८०

दिपेन्द्र कुमार यादव , जनकपुरधाम । सिरहामा जनमत पार्टीका नेताकार्यकर्ताहरु रिहाई भएको छ।‘धोती दिवस’ मनाउने क्रममा काठमाडौंमा पक्राउ परेका नेता कार्यकर्तालाई रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका जनमत पार्टीका १३ नेता कार्यकर्ता सिरहाको गोलबजार बाट पक्राउ परेका थिए ।

सिरहाको गोलबजारस्थित पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गर्ने क्रममा प्रहरीले जनमत पार्टीका १३ नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मधेशका पूर्वराज्यमन्त्री तथा सांसद संजय यादव, सांसद भाग्यश्री चौधरी, सिरहा क्याम्पस स्ववियू सभापति दिपेन्द्र यादवलगायतका थिए ।

पक्राउ परेका जनमतका सबैलाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको थियो । राजमार्ग अबरुद्ध पार्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रदर्शनका क्रममा गृहमन्त्रीको राजिनामा माग माग गरिएको छ । हत्यारा गृहमन्त्री राजिनामा देउ, धोती दिवसमा हस्तक्षेप गर्ने प्रहरीहरुलाई कारबाही गर, राष्ट्रीय अध्यक्षसहितलाई अबिलम्ब रिहा गर जस्ता नारा उनीहरुले लगाएका थिए ।

‘धोती दिवस’ मनाउने क्रममा काठमाडौंको माइतीघर मण्डलाबाट जनमतका राष्ट्रीय अध्यक्ष डा सीके राउतसहितका नेता कार्यकर्ताहरू पक्राउ परेका छन् । जनमत पार्टीले उनीहरुलाई रिहा गर्नुपर्ने माग गरेको छ । पार्टी अध्यक्ष राउत पक्राउ परेपछि मधेशको विभिन्न जिल्लाहरुमा पार्टीले प्रदर्शन गरेका थिए ।

त्यसतै पक्राउ परेका सबै कार्यकर्ता बेलुका रिहा भैसकेको छ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]