२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

मधेस प्रदेश: ठूलो परिमाणमा लागू औषध र नगदसहित २ जना पक्राउ

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, पुष १७, २०८०

जनकपुरधाम । मधेस प्रदेशका जिल्लाहरुमा केहि दिनदेखि लागू औषधसहित ओसारपसार गर्नेहरु धमाधम पक्राउ परिरहेका छ।प्रहरीले सर्लाहीको ब्रम्हपुरी गाउँपालिका- ५ बाट ठूलो परिमाणमा लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार सँझ प्रदेश-२-०३-००७ प ८४०७ नम्बरको मोटरसाइकलमा चढेर भारतबाट लागू औषध लिएर आउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका- ७ का ४० वर्षीय बैजु महरा र हरिवन नगरपालिका- ३ घर भएका ३६ वर्षीय मदनबहादुर घिसिङ छन्।

भारतबाट लागू औषध लिएर नेपालतर्फ आउँदै गर्दा ब्रम्हपुरी- ५ मा चेकिङमा खटिएको प्रहरीले उनीहरुलाई लागू औषधसहित पक्राउ गरेको हो। उनीहरुको साथबाट एक लाख पाँच हजार आठ सय पन्द्र रुपैयाँसमेत बरामद गरिएको डीएसपी पञ्जियारले बताए।

दुईवटा जुटको बोरामा लागू औषध राखेर ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन्। उनीहरुको साथबाट ५९२ बोतल ओनेक्स, स्पास्मो प्रोक्सिभन ट्याबलेट ९० पत्ता, नैराभेट १० लेखिएको ट्याबलेट ३ हजार पिस बरामद भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]