१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

यातायात मन्त्री सिंहद्वारा जितपुर सिमरामा पटके सेन्टरको उद्घाटन

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, पुष १७, २०८०

बारा ।बाराको पथलैयामा अस्थायी रुट इजाजत शाखा (पटके सेन्टर) संचालनमा आएको छ । पटके सवारीको अनुमति लिन वीरगंज र हेटौडा जानुपर्ने अवस्थालाई अन्त्य गर्दै बारा जिल्ला स्थित यातायात व्यवस्था कार्यालयले पुस १६ गतेदेखि पथलैयामा अस्थायी रुट इजाजत शाखा (पटके सेन्टर) संचालनमा ल्याएको हो ।

पथलैयामा संचालनमा आएको पटके सेन्टरलाई उद्घाटन गर्दै मधेश प्रदेश सरकारको श्रम तथा यातयात मन्त्री चन्दन सिंहले यस पटके सेन्टर संचालनमा आएकोले सवारी पटके इजाजत लिन वीरगंज र हेटौडा जानुपर्ने बाध्यता अन्त्य भएको बताएका छन् । उनले मधेश प्रदेशको यातायात क्षेत्रमा रहेकाहरुको लागि सुखद पक्ष रहेको भन्दै यस पटके सेन्टर संचालनबाट पथलैयाबासीहरुको व्यापार क्षेत्रमा पनि मद्दत पुग्ने बताए । उनले भने ‘पटके इजाजत पत्र लिने गाडीले यहाँ १० मिनेटको लागि भएपनि गाडी रोकेर खाजा नास्ता खाए भने पथलैया व्यवसायमा मद्दत पुग्नेछ’ ।

कलैय उपमहानगरपालिका वडा नं. ३ गंगापूरस्थित मंसिर २५ गते उद्घाटन भई पुस ११ गतेदेखि सेवा संचालन गर्दै आएको यातायात व्यवस्था कार्यालय कलैयाले सवारीहरुको पटके इजाजत लिन वीरगंज हेटौडा जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै पटके सेवा सहज पु¥याउने उद्देश्यले पुस १६ गतेदेखि हेटौडा – वीरगंज एवं पूर्व पश्चिम राजमार्गको बीचमा पर्ने पथलैयामा पटके सेन्टर संचालनमा ल्याएको हो । यस कार्यालयबाट पटके सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिने र यो शाखा हरेक सप्ताह र हरेक महिना र २४ औं घण्टा सेवा प्रदान गरिने यातायात ब्यवस्था कार्यालय बाराका प्रमुख नवाज हुसेनले बताए ।

उनले यातायात सम्बन्धी सेवालाई सरल एवं सुविधाजनक तरिकाले सेवा प्रवाह गर्ने हाम्रो मुख्य प्रयास स्वरुप पथलैयामा यो पटके सेन्टरको स्थापना गरिएको बताए । पटके सम्बन्धी सेवाहरु पुस १६ गतेदेखि नै यस सेन्टरबाट लिन सकिने उनको भनाई छ । उनका अनुसार यस सेन्टर कुनैपनि सार्वजनिक विदाको दिन बन्द नभई २४ औं घण्टा अर्थात वर्षको ३६५ दिन नै सेवा प्रदान गरिने कार्यालय प्रमुख हुसेनको भनाई छ ।

कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले पथलैयामा अस्थायी रुट इजाजत शाख (पटके सेन्टर) संचालन हुन सुखद पक्ष रहेको बताए । उनले यहाँ पटके सेवा मात्र नभई लाईसेन्स नवीकरण र ब्लुबूक नवीकरण जस्ता थप सेवा यहाँबाट नै प्रदान गर्ने ब्यवस्था मिलाई दिन मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि सिंहसँग आग्रह समेत गरे ।

कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी, यातायात व्यवस्था कार्यालय पर्साका प्रमुख उमेश रेग्मी,जनमत पार्टी जिल्ला इन्चार्ज माधव सिंह, जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफ, भिमेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पेश्न मुल्मी, ट्राफिक प्रहरी नायब उपरीक्षक माधव काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]