०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु : जयशंकर

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, पुष १९, २०८०

काठमाडौं । भारतीय विदेश मन्त्री एस.जयशंकरले आफू नेपाल भ्रमणमा आउँदा हर्षित भएको बताएका छन् ।

आज बिहान नेपाल आइ पुगेका मन्त्री जयशंकरले आफ्नो एक्समा लेखेका छन्, ‘सन् २०२४ को मेरो पहिलो भ्रमणको रूपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु ।’

उनले आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि आफू उत्साहित रहेको बताएका छन् ।

परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन आज नेपाल आइपुगेका मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । उनी शुक्रवार नै भारत फर्किनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]