०८ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

जनकपुरमा साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, पुष १९, २०८०

जनकपुरधाम । मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका लागि जनकपुरधाममा जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८० हुने भएको भएको छ ।

मैथिली विकास कोषको बुधबारको बैठकले आउँदो माघ १८ गतेदेखि २२ गतेसम्म हुने जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । महोत्सव जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृतिक केन्द्रमा हुनेछ ।

पाँच दिनसम्म चल्ने महोत्सवलाई बीसवटा सत्रमा विभाजन गरिएको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए । महोत्सवमा राजनीतिक, सामाजिक, साहित्यक र आर्थिक विषयउपर विमर्श हुने कोषका अध्यक्ष चौधरीले जानकारी दिए ।

महोत्सवमा नेपाल र भारतका कलाकारबाट विभिन्न शीर्षमा नाटक प्रदर्शन गरिने कार्यक्रम रहेको छ । मैथिली, नेपाली, हिन्दी, असामी र बङ्गाली गरी पाँचवटा भाषामा नाटक प्रदर्शन हुने अध्यक्ष चौधरीले बताए । त्यसका लागि सबै नाट्यकर्मीलाई आमन्त्रण गरिसकेको उनले बताए ।

कोषले सबै राजनीति दलको राष्ट्रिय अध्यक्ष र दोस्रो वरियताका नेता आमन्त्रण गर्ने जनाइको छ । महोत्सवमा मिथिला चित्रकला, पुस्तक, नाटक, मिथिलाको भोजनको विभिन्न परिकारको प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमसमेत हुनेछ ।

नेपाल र भारतका विद्वान्, विदूषि, सामाजिक अभियन्ता, रङ्गकर्मी तथा राजनीतिकर्मीको सहभागिता रहने सो महोत्सवमा सङ्घीयता, भाषानीति, साहित्यका विभिन्न विधा तथा समाजको वर्तमान अवस्थाप्रति मन्थन हुने कोषका अध्यक्ष चौधरीले बताए ।

कोषका सदस्य सचिव श्यामसुन्दर शशीले महोत्सव अवधिभर करिब २१ वटा विमर्श सत्रमा जनकपुर गाथाअन्तर्गत जनकपुरधामको निर्माताउपर विशेष विमर्श हुने, मिथिला साहित्य कला, यहाँकी सफल महिलाको सफतलाको कथा प्र्रस्तुति, युवाको अवस्थालगायत विषयउपर विमर्श हुने जनाए ।

प्रदेश सरकार स्थापना भइसके पनि मधेस प्रदेश सरकारले अझै आफ्नो कामकाजको भाषा तय गर्न सकेको छैन । सम्बन्धित सबै व्यक्तित्वलाई राखेर प्रदेशको कामकाजको भाषा तय गर्न प्रतिबद्धता जनाउने प्रयास गरिने सदस्य सचिव शशीले बताए ।

कोषले प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको महोत्सव २०७३ सालदेखि निरन्तर हुँदै आएको छ । महोत्सवलाई मधेस प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

महोत्सवलाई भव्य र सभ्यरुपमा मनाउन गत मङ्सिर १९ गते कार्यकारिणी समितिको बैठक बसेर कोषका अध्यक्ष चौधरीको अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरेको छ । जसमा जनकपुरधाममा सामाजिक सङ्घ संस्थाका प्रतिनिधि, राजनीति दलका प्रतिनिधि, युवा, व्यवसायी पत्रकार तथा नागरिक सामाजका अगुवालाई समावेश गरिएको छ ।

महोत्सवमा नेपाल र भारत गरी करिब एक लाख दर्शक सहभागी हुने कोषको अनुमान छ । यस्तै, महोत्सवमा यो पटक सांस्कृतिक कार्यक्रममा प्रस्तुतिका लागि चर्चित गायक गायिकालाई आमन्त्रण गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]