१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

डेंगो नियन्त्रणको लागि विद्यालय केन्द्रित कार्यक्रम सुरु

Logo
प्रकाशित शनिबार, भाद्र २८, २०७६

विराटनगर । विराटनगर महानगरपालिकाले डेङ्गो नियन्त्रणका लागि विद्यालय केन्द्रित कार्यक्रम गर्न थालेको छ।

पछिल्लो समय एकजना बिद्यार्थीको डेंगोको संक्रमणबाट ज्यान गएपछि बिद्यालय लक्षित कार्यक्रम ल्याएको जनाएको हो । शनिवारवाट विद्यालय र सरकारी कार्यालयहरुमा लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले आदर्श माध्यमिक विद्यालयमा फगिङ गर्दे यस कार्यको थालनी गरेका थिए । यस भन्दा अगाडि पनि पटक बस्तिहरुमा मात्र फगिङ गरिएको थियो । महानगरले यसपटक भने विद्यालय र सरकारी कार्यालयहाता भित्र फगर मेसिनवाट यो अभियान शुरु गरेको छ । यस संगै बस्ति क्षेत्रमा समेत पुनः फगिङ् गरिने महानगर स्वास्थ्य शाखाका अधिकृत एपोलो भगतले जानकारी दिए । शनिवार मात्रै वडा नं ७ र वडा नं १० का सरकारी ,गैर सरकारी कार्यालय, सामुदायिक विद्यालय, नीजि विद्यालयहरुमा लामखुट्टे मार्ने काम भएको छ । यो अभियान महानगरका १९ वटै वडामा क्रमस काम गर्दै जाने बताइएको छ ।

केही महिनाअघि देखिएको डेङ्गीबाट संक्रमित बिरामीको सख्या विराटनगरमा समेत बढेको छ । लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको अभियान चलाइएको छ । यस अभियान संगै विराटगरमा सक्रमणको अवस्था घट्ने बिश्वास महानगरले लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]