२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

जिल्ला हरवाचरवा अधिकार मञ्च सर्लाहीको दोश्रो जिल्ला सम्मेलन सम्पन्न

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, पुष २०, २०८०

ईश्वरपुर । सर्लाही मुक्त हरवाचरवाको न्यायिक पु्नःस्र्थापना हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार भन्ने मुल नाराका साथ जिल्ला हरवाचरवा अधिकार मञ्च सर्लाहीको दोश्रो जिल्ला सम्मेलन ईश्वरपुरमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय दलित नेटवर्क नेपालका केन्द्रीय अध्यक्ष एवं उच्च स्तरीय भूमि आयोगका पुर्वसदस्य गणेश बिश्वकर्माले मुक्त हरवाचरवाको नेपाल सरकार द्वारा २०७९ श्रावण २ गते तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउबाद्वारा गरिएको हरवाचरवा मुक्तिको घोषणालाई कार्यान्वयन गरि पुनःस्थापनाको सार्थक प्याकेज घोषणा गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

साथै, उहाँले मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत उल्लेख भएको हरवाचरवा पुनःस्र्थापनाका लागी तत्काल तथ्यांक संकलन गरि परिचयपत्र वितरण गरिनुपर्ने, राष्ट्रिय भूमि आयोग समक्ष मुक्त घोषित हरवाचरवाको लागि कम्तीमा १० कठ्ठा जमीन दिने गरि पहिचान गर्न गरिनुपर्ने र हरवाचरवा पुनस्र्थापनाको लागि प्रदेश सरकार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय समक्ष अधिकार सम्पन्न हरवाचरवा पुनस्र्थापना समिति गठन गरिनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रमका बिशीष्ट अतिथी एवं चन्द्रनगर गाऊँपालिकाका अध्यक्ष राजकुमार महतोले गाऊँपालिकाले कार्यबिधी निर्माण गरि मुक्त हरवाचरवाको पहिचान, प्रमाणीकरण र परिचयपत्र बितरणका मार्फत उनीहरुको पुनस्र्थापना गरिने कुरा बताउनुभयो । साथै उहाँले यसका लागि प्रदेश र संघीय सरकारसंग पनि समन्वय गरिने कुरामा जोड दिनुभयो ।

कार्यक्रमको उदघाटन सत्रमा प्रतिनिधीसभाका पुर्व सदस्य प्रमोद शाह, द फ्रिडम फण्डका कार्यक्रम सल्लाहकार ब्रहमदेव राम, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका सहसचिव रामदयाल सदा, जनता समाजवादी पार्टीका नेता रामचन्द्र महतो, दलित नेता भगलु माँझी, रामकेवल माँझी, वडाअध्यक्ष दर्शन सिंह लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । जिल्ला हरवाचरवा अधिकार मञ्चका अध्यक्ष रामदयाल माँझीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा जिल्ला एक्टीभिष्ट नबिना माँझीले स्वागत गर्नुभएको थियो ।

सम्मेलनले रामदयाल माँझीको अध्यक्षतामा १२ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च सर्लाही गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस सोनी माँझी, देवेन्द्र राम, भगलु माँझी र सितादेवी राम चयन हुनु भएको छ । सदस्यहरुमा रामबाबु पाशवान, रिनादेवी माँझी, रजरनियदेवी माँझी, सत्या माँझी, सतनी गिरी, रिता माँझी र मिरादेवी माँझी रहनुभएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]