२५ कार्तिक २०८२, मंगलबार
11-11-2025 , Tue
×

शिक्षा मन्त्री यादवद्वारा झोलुङ्गे पुल अवलोकन

Logo
न्यूज मधेश प्रकाशित शनिबार, पुष २१, २०८०

कमला (धनुषा ) । मधेस सरकारका शिक्षा तथा सांस्कृतिक मन्त्री महेश प्रसाद यादवले कमला नदिमा निर्माणधिन झोलुङ्गे पुलको अवलोकन गरेका छ्न।

शुक्रबार सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भइरहेको सो झोलुङ्गे पुलको मन्त्री यादवले अवलोकन गरेका हुन।

अवलोकन पश्चात् मन्त्री यादवले मधेस प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुल बनेपछि यस क्षेत्रमा उत्पादन हुने तरकारी र दूधको बजारीकरणका साथै पर्यटन प्रवर्द्धन तथा व्यापार व्यवसायमा टेवा पुग्ने उनको बताए।मन्त्री यादवले झोलुङ्गे पुल नजिकै वृक्षरोपणसमेत गरेका छ्न।

झोलुङ्गे पुल अवलोकन गर्न मन्त्री यादव पुगेपछि स्थानीयहरुले उनको प्रशंसा गरेका हुन।

सो झोलुङ्गे पुल १ हजार ५ सय १ मिटर लामो र चार फिट चौडाइको रहेको छ।

सङ्घीय सरकारको २८ करोड लागतमा निर्माण भइरहेको सो पुलको ठेक्का थानी निर्माण सेवा काठमाडौँले पाएको छ । पुल निर्माणको काम माघ दोस्रो सातासम्म सम्पन्न हुने निर्माण कम्पनीका इन्जिनियर विनोदकुमार मण्डलले बताए ।

ठेक्का अवधि २०८१ असार मसान्तसम्म भए पनि छ महिना अगावै माघ महिनाभित्रै सक्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको उनले बताए । सरकारसँग ठेक्का सम्झौता गरेर निर्माण कम्पनीले २०७९ असोज १ गतेदेखि काम सुरु गरेको थियो ।

इन्जिनियर मण्डलले भने, ‘धनुषातर्फको सम्पूर्ण काम सकिएको छ । सिरहातर्फ आर्लने–उक्लने सिडी निर्माणको काम अन्तिम चरणमा छ । केही दिनभित्र सम्पन्न गरेर आवतजावतका लागि बाटो खुला गर्छौँ ।’

पुल सञ्चालनमा आएपछि जनकपुर र सिरहा आवतजावत गर्न वर्षौँदेखिको समस्या हट्ने स्थानीय समाजसेवी नरेश यदवले भने । पुलबाट दैनिक दुवै जिल्लाका पाँच हजार मानिसलाई ओहोरदोहोर गर्न सजिलो हुने बताउँदै उहाँले भन्नुभयो, सिरहाबाट ३५ किलो मिटरको दुरीमा रहेको जनकपुर पुग्न पूर्वपश्चिम राजमार्ग तथा भारतको बाटो भएर भएर जानुपर्ने बाध्यता हट्छ ।

हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माण भएको बहुप्रतिक्षीत कमला पुल उद्घाटनअघि नै भत्किएपछि मानिसलाई आवतजावत गर्न समस्या भएका बेला पुलको विकल्पको रूपमा झोलुङ्गे पुल वरदान साबित हुने सो क्षेत्रका सर्वसाधारणहरुको भनाइ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]