०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

सहिदनगर : जनमतको दोस्रो वडा अधिवेशनबाट अध्यक्षमा साह चयन

Logo
न्यूज मधेश प्रकाशित शनिबार, पुष २१, २०८०

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको सहिदनगर नगरपालिका -३ मा दोस्रो वडा अधिवेशन सप्पन्न भएको छ।

शुक्रबार यदुकुहा बजारमा आयोजित दोस्रो वडा अधिवेशन कार्यक्रम जनमत पार्टी धनुषा इन्चार्ज सुरेन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएका हुन।सो अधिवेशनबाट कपिल देव साहको नेतृत्वमा २१ सदस्यीय वडा समिति गठन गरिएको हो।

वडा समितिका उपाध्यक्षमा राजाराम साह,महिला उपाध्यक्षमा कौशिला साफी ,सचिवमा ओम प्रकाश यादव र लक्ष्मण यादव,कोषाध्यक्षमा राधा यादव रहेको छ।

त्यसैगरी,समितिको सदस्यमा रामपरी देवी,जानकी देवी दास,शैली लाल यादव,बिगा महरा,सुरेश महरा,झोली मण्डल ,अनिता देवी साह,बद्री महतोसहित २१ सदस्यीय वडा समिति अधिवेशनबाट पारित भएको छ।

उक्त अधिवेशन गराउन जनमत पार्टी धनुषाले पर्यवेक्षक खटाएको छ।त्यसैअनुरूप सहिदनगर नगरपालिकाका पर्यवेक्षकमा धनिक लाल कापरलाई दिएको थिए।कापरले अधिवेशन हुनुभन्दा एक हप्ता अगाडिबाट वडामा पार्टीको सदस्यता वितरण समेत गरेका जनमत पार्टी धनुषा अधिवेशन सचिवालयका संयोजक बिरेन्द्र यादवले बताए ।

उनका अनुसार सो अधिवेशनमा जनमत पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य इन्द्रजीत यादव,पार्टीका नेता जित यादव,लक्ष्मेश्वर यादवसहितका नेताकार्यकर्ताहरुको उपस्थितिमा दोस्रो वडा अधिवेशन सम्पन्न भएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]