०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

सिरहा कारागारमा कांग्रेसको फोहोर राजनीति, यसकारण ढाकछोप गरिँदैछ कुटपिट घटना

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष २१, २०८०

सिरहा । कारागार कार्यालय सिरहामा गत बुधबार विवाद भयो । विवादले झडपको रूप लिँदा २० जना बढी घाइते भए । घाइतेमध्ये ३ जनालाई उपचारका लागि बाहिर ल्याइयो ।

जसमध्ये १ एक गम्भीर घाइते छन् । उनको विराटनगरमा उपचार भइरहेको छ । उनलाई २५ वटा टाका लागेको छ भने बाँकी २ जनाको सिरहा अस्पतालमा उपचार भइरहेको छ ।

हरेक वर्ष जाडोको बेला सरकारले कैदीहरूलाई सिरकका लागि ३५ सय उपलब्ध गराउने गर्छ भने हरेक महिना २४ सय दिने गर्छ । सिरक पनि नपाएको र हरेक महिना पाउने रकममा पनि अनियमितता भएको भन्दै आफूहरूले आवाज उठाउँदा कुटपिट भएको घाइतेहरूको आरोप छ ।

यसकारण यो घटना सिरहाका प्रशासन र सरोकारवालाका लागि लाजको र फस्ने विषय बनेको छ । त्यसैले अन्य घाइतेलाई कारागारभित्रै सामान्य उपचार गरि घटनालाई ढाकछोप गर्ने प्रयास जारी छ ।

घटनामा संलग्नलाई कारवाहीको साटो चौकिदारमाथि कारागारमा हस्तक्षेप भइरहेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दल सिरहाले शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई ज्ञापनपत्र नै बुझायो ।

यतिमात्र होइन, ज्ञापनपत्रमार्फत् मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवमाथि उनले कारागारमा राजनीति गरेकोलगायतका विभिन्न आरोप तरुण दलले लगाएको छ । यस विषयमा हामीले मेयर यादव र घाइतेहरूसँग कुरा गर्‍यौं ।

मेयर यादवले आफू पीडितलाई चिन्दा पनि नचिनेको र जनप्रतिनिधिको नाताले न्यायका लागि बोल्दा आफूलाई जोडेर कांग्रेसले राजनीति गरेको बताएका छन् । घाइतेहरूले पनि मेयर यादवलाई आफूहरू नामले चिन्ने भएपनि व्यक्तिगत चिनजान नभएको बताए ।

यसले के प्रष्ट पार्छ भने कांग्रेसले घटनालाई विषयान्तर गर्न ज्ञापनपत्र फण्डा गरेको देखिन्छ । कुटपिटको आरोप लागेका कारागारका चौकिदार कैलाश ठाकुर कांग्रेस निकट हुन् । श्रोतका अनुसार, कारागारमा चौकिदार, जेलर र प्रशासनको मिलेमतोमा महिनामा लाखौं अनियमितता हुन्छ ।

कांग्रेस निकट चौकिदार भएका कारण यसबाट कांग्रेसका स्थानीय नेताहरूलाई पनि आर्थिक लाभ भइरहेको र यसैकारण कांग्रेस घटनाको ढाकछोप गर्न तथा दोषीलाई संरक्षण दिन उद्दत देखिएको स्थानीय बुद्धिजीवीहरूको विश्लेषण छ ।

उनीहरूले कारागारमा राजनीतिक हिसाबले गलत गतिविधि गर्नेलाई अन्यत्र पठाएर सबैलाई मिलाएर राख्नसक्नेलाई चौकिदारको जिम्मा दिनुपर्ने सुझाव पनि दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]