१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

मन्त्री सिंह र नगरप्रमुख कटुवालको राजिनामा मागे जनमत

Logo
न्यूजमधेश प्रकाशित आइतबार, पुष २२, २०८०

सर्लाही । जनमत पार्टीले मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह र सर्लाहीको बरहथवा नगर प्रमुख कल्पना कुमारी कटुवालको राजिनामा माग गरेको छ ।

शनिवार जनमत पार्टीले सर्लाहीको कविलासीमा बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको सम्झानामा दिप प्रज्वल गर्दै मन्त्री सिंह र बरहथवा नगर प्रमुखको राजिनामा माग गरेको छ ।

नगर प्रमुख कटुवाल र स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहको व्यक्तिगत स्वार्थका कारण बरहथवामा निदोर्ष होनहार युवा मारिएको हुदाँ स्वास्थ्य मन्त्री सिंह र नगर प्रमुख कटुवाल नैतिकताको आधारमा पनि राजिनामा दिनुपर्ने जनमत पार्टी सर्लाहीको माग रहेको जनमत पार्टी सर्लाहीका जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य श्रीचन(सुजन) यादवले बताए ।

बरहथवा नगरकार्यपालिकाले २०८० असोज ९ गतेको बैठकको निर्णयअनुसार सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको अस्पतालमा स्तरोन्नति गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुरधामलाई पत्र पठाएको थियो।

गत १८ गते नगरपालिकालाई पत्रमार्फत मन्त्रालयले हस्तान्तरण प्रक्रिया पूरा गर्न भन्यो। मन्त्रालयले नगरपालिकाको माग सुनवाइ गरेपछि विवाद सुरु भयो। नगरपालिकाका मेयर कल्पना कुमारी कटुवालले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्नुभन्दा ५० शै्याको अर्को अस्पताल बनाउन भनेपछि विवाद सुरु भएको हुदाँ मन्त्री सिंह र नगर प्रमुखको कारणले बरहथवाका एक सफल व्यवसायीले ज्यान गुमानुपरेको हुदाँ नगर प्रमुख कटुवालको जनमत पार्टीले राजिनामा माग गरेको जिल्ला ईन्चार्ज यादवले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले बरहथवा क्षेत्रमा कांग्रेसलाई बलियो बनाउन ठाडो हस्तक्षेप गरेको र नगर प्रमुख कटुवालले कांग्रेसलाई क्रेडिट मिल्छ भनेर नगरपालिकाले नै अस्पताल सञचालन गर्नुपर्ने अडान राखेको हुदाँ बरहथवा घटना हुन पुुगेको जिल्ला ईन्चार्ज यादवले आरोप लगाए ।

जनमत पार्टी सर्लाहीले बरहथवामा ज्यान गुमाएका जयशंकर साहलाई शहिद घोषणा गर्नुपर्ने, मृत्क परिवारलाई रु ५० लाख क्षतिपूर्ति दिनुपर्ने, मृत्कको नाम निर्माणधिन अस्पतालमा नामकरण गर्नुपर्ने, मृतकको शालिक बरहथवाको प्रमुख चौकमा स्थापना गर्नुपर्ने, गोली हान्ने र हान्ने लगाउनेलाई अपराधीलाई कानुनी कारवाही हुनुपर्ने लगायतको माग राखेको जिल्ला ईन्चार्ज यादवले बताए । जनमत पार्टीले यस अघि बरहथवा घटनाको सन्दर्भमा प्रेश विज्ञप्ती समेत निकाली सकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]