०१ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

जनकनन्दिनी : दुई कट्ठाको गाँजा प्रहरीले गरे नष्ट

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष २३, २०८०

जनकपुरधाम । धनुषामा प्रहरीले गाँजा खेती नष्ट गरेको छ । प्रहरीले धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ फुलवरीया र वडा नम्बर ५ बनरझुलामा गाँजा खेती नष्ट गरेको हो ।

आइतबार ईलाका प्रहरी कार्यालय खजुरीबाट प्रहरी निरीक्षक रामकुमार भट्टको कमाण्डमा खटेको प्रहरीको टोलीले स्थानीय व्यक्तिहरुको अन्दाजी दुई कट्ठा जग्गामा आफै उम्रेको गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवंम् डीएसपी रञ्जन अवाले जानकारी दिए ।

उनले उक्त जग्गामा उम्रेको ६ सय ५० वटा गाँजाको बोट नष्ट गरिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]