१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

चार दललको सिण्डिकेटले जनतामा निराशा छायो : सीके राउत

Logo
न्यूज मधेश प्रकाशित सोमबार, पुष २३, २०८०

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मुलुकमा चार राजनीतिक दलको सिन्डिकेटका कारण जनतामा निराशा छाएको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले चार दलले राज्यको हरेक अंगमा कब्जा गरेको टिप्पणी गरे । दलहरूको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध जनताले निकास खोज्दा गणतन्त्रभन्दा राजतन्त्र नै राम्रो प्रणाली ठीक हो कि ? भन्ने नैराश्यपूर्ण धारणा विकास भएको उनको टिप्पणी छ ।

‘वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अव्यवस्थाबाट जनता आजित भइसकेका छन् । यस्तो अवस्थामा जनताले सडकबाट परिवर्तन खोज्नु स्वाभाविक हो’, राउतको जिकिर थियो ।

राउतले मधेसका शोषित उत्पीडितलाई न्याय र समान अवसर पाउन सकून् भनेर आफ्नो पार्टीलाई विश्वास गरेकाले उनीहरूको माग र आवाजलाई सत्तामा बसेर सम्बोधन गर्न सकिन्छ भन्ने विचारका साथ आफ्नो पार्टी सत्ता गठबन्धनमा सामेल भएको उनको प्रष्टीकरण छ ।

गठबन्धनको निर्णय अस्वीकार गर्दै जनमतले मधेस र लुम्बिनीमा आफ्नै उम्मेदवार खडा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]