०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

जनकनन्दिनी गाउँपालिकालाई लयमा फर्काउँदै अधिकृत झा

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, पुष २४, २०८०

जनकपुरधाम । विगत ६ महिनादेखि लथालिङ्ग बनेका धनुषाको जनकनन्दिनी गाउँपालिका लयमा फर्किन लागेको छ ।

निमित कार्यालय प्रमुखको भरमा चल्दै आएको सो पालिकामा मंसिर २४ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका सर्वजित झाले कार्यालयमा लयमा ल्याएका छन् ।

असार मसान्त सकेपछि चालु आर्थिक वर्षमा कर्मचारीको तलव भत्ता, सामाजिक सुरक्षा भत्ता समेत वितरण गरिएको थिएन् । कार्यालयले नगरसभा समयमा गरेपनि योजना बाँडफाँट गर्न सकेका थिएन् ।

गाउँपालिकाका अध्यक्ष दिपीन देव यादव जनता समाजवादी पार्टी (जसपा) बाट गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

विभिन्न ६ वटा वडा रहेको यस पालिकामा दुईवटा वडाध्यक्ष मात्रै गाउँपालिकाका अध्यक्ष यादवको पक्षमा रहेका छन् भने उपाध्यक्ष कमला सहगन नेपाली कांग्रेसवाट निर्वाचित भएका छन् । उनी संगै ४ वटा वडाध्यक्ष कांग्रेसको रहेको छ । गाउँपालिका अध्यक्ष यादव अल्पमतमा रहेका कारण गाउँ सभा सम्पन्न भए पनि योजना बाँडफाँट गर्न सकेका थिएन् ।

तर, प्रमुख प्रशासकीय अधिकृतमा झा आएपछि सो पालिकाको योजना बाँडफाँट, पालिकाको खाता सञ्चालन, सामाजिक सुरक्षा भत्ता वितरण लगायतका कार्य सम्पन्न गरी अहिले दिनहुँ अनुगमन गरी मातहतका कार्यालयलाई नियमित, चुस्तदुरुस्त कार्यको थालनि गरेका छन् ।

गाउँपालिकाको वडा ४ को विभिन्न विद्यालय, स्वास्थ्य चौकी, वडाकार्यालयहरुको अनुगमन गरी काम चुस्त दुरुस्त बनाउन अनुगमन गर्दै निर्देशन समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]