१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

जनकनन्दिनी गाउँपालिकालाई लयमा फर्काउँदै अधिकृत झा

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, पुष २४, २०८०

जनकपुरधाम । विगत ६ महिनादेखि लथालिङ्ग बनेका धनुषाको जनकनन्दिनी गाउँपालिका लयमा फर्किन लागेको छ ।

निमित कार्यालय प्रमुखको भरमा चल्दै आएको सो पालिकामा मंसिर २४ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका सर्वजित झाले कार्यालयमा लयमा ल्याएका छन् ।

असार मसान्त सकेपछि चालु आर्थिक वर्षमा कर्मचारीको तलव भत्ता, सामाजिक सुरक्षा भत्ता समेत वितरण गरिएको थिएन् । कार्यालयले नगरसभा समयमा गरेपनि योजना बाँडफाँट गर्न सकेका थिएन् ।

गाउँपालिकाका अध्यक्ष दिपीन देव यादव जनता समाजवादी पार्टी (जसपा) बाट गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

विभिन्न ६ वटा वडा रहेको यस पालिकामा दुईवटा वडाध्यक्ष मात्रै गाउँपालिकाका अध्यक्ष यादवको पक्षमा रहेका छन् भने उपाध्यक्ष कमला सहगन नेपाली कांग्रेसवाट निर्वाचित भएका छन् । उनी संगै ४ वटा वडाध्यक्ष कांग्रेसको रहेको छ । गाउँपालिका अध्यक्ष यादव अल्पमतमा रहेका कारण गाउँ सभा सम्पन्न भए पनि योजना बाँडफाँट गर्न सकेका थिएन् ।

तर, प्रमुख प्रशासकीय अधिकृतमा झा आएपछि सो पालिकाको योजना बाँडफाँट, पालिकाको खाता सञ्चालन, सामाजिक सुरक्षा भत्ता वितरण लगायतका कार्य सम्पन्न गरी अहिले दिनहुँ अनुगमन गरी मातहतका कार्यालयलाई नियमित, चुस्तदुरुस्त कार्यको थालनि गरेका छन् ।

गाउँपालिकाको वडा ४ को विभिन्न विद्यालय, स्वास्थ्य चौकी, वडाकार्यालयहरुको अनुगमन गरी काम चुस्त दुरुस्त बनाउन अनुगमन गर्दै निर्देशन समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]