३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

राष्ट्रपति भण्डारी दुर्ववहार गरेको मुद्दामा सबैजनालाई अदालतले दिए सफाइ

Logo
प्रकाशित आइतबार, भाद्र २९, २०७६

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीलाई दुर्व्यवहार तथा जानकी मन्दिरमा तोडफोड गरेको मुद्दा लागेका सबैजनालाई अदालतले सफाइ दिएको छ।जिल्ला अदालत धनुषाले मुद्दामा सुनवाइ गर्दै आइतबार सबै आरोपीलाई सफाइ दिएको हो।

जिल्ला अदालत धनुषाका न्यायाधीश राजेश कटुवालको एकल इजलासले आरोपीहरुमाथि अभियोग प्रमाणित नभएको भन्दै आठैजना आरोपीलाई सफाइ दिएको बताइएको छ।

प्राचिन स्मारक तोडफोड तथा राष्ट्रपति प्रकरणका आरोपी सुशील कर्ण, रामजी राय, नवीन यादव, सीता चौधरी, शीला झा, विमला साह, विवेकचन्द्र अधिकारी र अशोक प्रसैलाले घटना भएको झण्डै चार वर्षपछि सफाइ पाएका हुन्।

मधेश आन्दोलन चलिरहेको बेला २०७२ पौष १ गते रामजानकी विवाह महोत्सवको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेको बेला आन्दोलनकारीहरुले दुर्व्यवहार गर्नुका साथै जानकी मन्दिरको गर्वगृहमा तोडफोड गरेको भन्दै जानकी मन्दिर र नेपाल सरकारले आठजनालाई आरोपी बनाउँदै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको थियो।

एकल महिला जानकी मन्दिरभित्र प्रवेश गर्दा मन्दिर अशुद्ध भएको भन्दै स्थानीय आन्दोलनकारीले गंगाजलसमेत छर्किएका थिए। तत्कालीन सरकारले घटनाको निन्दा गर्दै गृहमन्त्रालयका तत्कालीन सहसचिव विनोद केसीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो।

समितिमा केसीसहित नेपाली प्रहरीका डिआइजी हेमन्तबहादुर पाल, सशस्त्र प्रहरी नायव महानिरीक्षक अरविन्द धिताल र अनुसन्धान निर्देशक यदुलाल खरेल सदस्य थिए। छानबिन समितिले पाँच सय पानाभन्दा बढीको आफ्नो प्रतिवेदन बुझाएको थियो।-नेपालसमय

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]