०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

थमन विक हत्याकान्डमा जन्मकैद सजाय पाएका मोहन ठाकुर जेल चलान

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, पुष २४, २०८०

जलेश्वर । आठ वर्षअघि भएको मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा गएको मंसिर २८ गते जन्मकैद सजाय पाएका महोत्तरीका मोहन ठाकुर जेल चलान भएका छन्।

लेनदेन मुद्दामा सिन्धुली कारागारमा सजाय भुक्तान गरिरहेका जलेश्वर नगरपालिका- ९ निवासी ठाकुर विक हत्यामा दोषी ठहर भएपछि पुनः जेल चलान भएका हुन्। उनलाई यही पुस १३ गते सिन्धुली कारागारबाट जलेश्वर कारागार चलान भएका महोत्तरी प्रहरीले जनाएको छ।

असई विक हत्या मुद्दामा एमाले सांसद लक्ष्मी महतो कोइरीसहित २ जनालाई सफाइ दिँदा महोत्तरी जिल्ला अदालतले ठाकुरसहित सात जनालाई जन्मकैद सजाय सुनाएको थियो।

सो मुद्दामा अदालतले कोइरीसँगै अर्का अभियुक्त पवन कापरलाई सफाइ दिएको थियो।

ठाकुरसहित सञ्जयकुमार साह, प्रदीप साह माझी, शंकर शाही भन्ने रामशंकर मिश्र,अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र रायलाई भने अदालतले जन्मकैद सजाय सुनाएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]