०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

सिरहामा मिटरब्याज पीडितमाथि खुकुरी प्रहार प्रयास

खुकुरी देखाउने व्यक्ति पक्राउ
Logo
न्यूजमधेश प्रकाशित मंगलबार, पुष २४, २०८०

जनकपुरधाम । सिरहामा मिटरब्याजी पीडितलाई खुकुरी प्रहार प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।सोमबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो।

पक्राउ पर्नेमा सोही ठाउँका रामबाबु साह रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।सोमबार साहले कामतीमाथि खुकुरी देखाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल समेत भएको छ। यसरी भिडिओ भाइरल बनेपछि प्रहरीले मंगलबार साहलाई नियन्त्रणमा लिएको हो।

डिएसपी बस्नेतका अनुसार मिटरब्याजसम्बन्धी उजुरीमाथि जिल्ला प्रशासन कार्यालय सिरहामा दुई पक्षबीच छलफल चलिरहेको छ।

कामतीले आफ्नो घर मिटरब्याजीले बेचिदिएको भन्दै प्रशासन कार्यालयमा निवेदन दिएका थिए। त्यसबारे प्रशासनमा छलफल समेत भइरहेको थियो।

सोमबार कामती उक्त घरमा प्रवेश गर्न खोजेको डिएसपी बस्नेतले बताए। साह परिवारले भने उक्त घर किनेको बुझिएको बस्नेतले बताए।

‘कामतीले अर्कै साहुसँग ऋण लिएको भन्ने छ। ऋण लिँदा घर पास गरेर दिए, ऋण लामो समयसम्म फिर्ता नभएपछि साहुले घर बेचिदिएका रहेछन्,’ डिएसपी बस्नेतले भने, ‘त्यसैबीच सञ्जयकुमार घरमा जाँदा त्यो घटना भएको बुझिएको छ। हामीले छलफल गर्न कामतीलाई पनि बोलाएका छौं।’

बाँस काटिरहेको बेलामा उनीहरू पुगेको हुँदा खुकुरी देखाएको भिडिओमा देखिएको बयान दिएको पनि उनले बताए।
यसमा कति ऋण लिएको र कतिमा बेचेको भन्ने विवरण प्रहरीसँग नभएको उनले बताए।

मिटरब्याज आरोपीले कब्जा गरेर राखेको घर–घडेरी र जग्गामा जान खोज्दा आफूमाथि खुकुरी प्रहार गर्न खोजेको कामतीले बताए।

उनका अनुसार पैसा तिर्न नसक्दा मिटरब्याज आरोपी मझाउन टोलका सुरेश पजियारले एक बिघा एक कट्ठा खेत र डेढ कट्ठा घडेरी जिल्ला अदालतबाट डाक गराएर आफ्नो नाममा ल्याएका थिए।

तीमध्ये १० कट्ठा खेत र घरघडेरी पजियारले बेचिसकेका छन्।
घर समेत नरहेपछि कामती परिवार विस्थापित भएर जनकपुरमा डेरा लिएर बस्न थाले। कामतीले जग्गा बेचेर भएपनि पैसा तिर्ने बताउँदा समेत अदालतमा मुद्दा हालेर २०७८ सालमा घरजग्गा डाक लिलाम गरेर आफ्नो नाममा ल्याएको कामतीको भनाई छ।

‘कोरोना भाइरसको महामारीमा मेरो व्यवसाय धरासायी भयो। मैले पैसा तिर्छु भन्दा पनि उसले मेरो खेतमा लगाइएको पाँच लाखको रुखबिरुवा बेचिदिए र अदालतमा मुद्दा पनि हाले,’ उनले भने, ‘मेरो छिमेकी रामले लाठीको बलमा घर खाली गराएर भगाउँछु भनेर सुरेशबाट जग्गा किने र एक वर्षदेखि ताला लगाइदिए।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]