०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

मधेस प्रदेशमा १६८ किलो गाँजासहित दुई जना प्रहरीको फन्दामा

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, पुष २४, २०८०

वीरगन्ज । सशस्त्र प्रहरीले पर्साको हरिहरपुर गाउँपालिकाबाट एक सय ६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पर्साको जगनाथपुर गाउँपालिका ४ स्थित हरपुरबाट सशस्त्र प्रहरीले करिब १ सय ६८ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धादिङको बेनिघाट गाउँपालिका–४ का २० वर्षीय समिर तामाङ र मकवानपुरको राङसिराङ गाउँपालिका–४ का २२ वर्षीय राजु लामा रहेका छन्।

पर्साको वीरगंजबाट ठोरीतर्फ जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीमा फल्स बटम बनाई १६ वटा पोकामा लुकाई छिपाई लैजाँदै गरेको गाँजासहित उनीहरुलाई प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरले नियन्त्रणमा लिएको हो।

उनीहरु उक्त गाडीको चालक तथा सहचालक रहेका छन्। उनीहरुको साथबाट ७८ हजार ५ सय नेपाली रुपैयाँ र दुई थान मोबाइल सेटसमेत बरामद भएको छ।

नियन्त्रणमा लिएकाहरुलाई बरामद गाँजा, रुपैयाँ, मोबाइल सेट र गाडीसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको भाउ एकैपटक प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका […]