०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

काठ तस्करी गरेको आरोपमा सर्लाहीबाट फर्निचर उद्योग सञ्चालक पक्राउ

Logo
न्यूजमधेश प्रकाशित बुधबार, पुष २५, २०८०

जनकपुरधाम । काठ तस्करी गरेको आरोपमा प्रहरीले सर्लाहीको हरिवनबाट एकजना फर्निचर उद्योग सञ्चालकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले हरिवन नगरपालिका ८ चापिनीस्थित शिवपुरी काष्ठ तथा फर्निचर उद्योग र शाही भेनियर प्रालिका सञ्चालक प्रमोद भट्टराईलाई पक्राउ गरेको हो।

उद्योगबाट २ हजार ६ सय ३५ क्युफिट अवैध काठसमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए।

पक्राउ परेका भट्टराईलाई प्रहरीले थप अनुसन्धान तथा कारबाहीको लागि सव डिभिजन वन कार्यालय जानकीनगरमा बुझाएको छ।

उनको उद्योगबाट विभिन्न जातका गोलिया काठ २२ सय ३५.३७ क्युफिट, चिरान काठ २२.३२ क्युफिट र दाउरा ३३३.३३ क्युफिट बरामद गरिएको इन्सपेक्टर गिरीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]