१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

जनस्वास्थ्यका प्रमुख श्रवणमाथी अनियमितताको आरोप

Logo
न्यूजमधेश प्रकाशित बुधबार, पुष २५, २०८०

जनकपुरधाम । जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख श्रवणकुमार मिश्रमाथि व्यापक आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ ।

सचेत नागरिक समाजको एक टोलीले मुख्यमन्त्री सरोजकुमार यादवलाई बुझाएको ज्ञापनपत्रमा उनीमाथि २० वुँदे विभिन्न आरोप लगाइएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाद्वारा मिलेमतोमा स्पेशिफिकेशन तयार गरी मधेश प्रदेशका आठै जिल्लाका स्थानीय तहमा ल्याव संचालन गर्न एकै कम्पनीलाई टेण्डर दिइ आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ । सो ल्याव सञ्चालन गर्न तयार पारेको चेकलिष्ट अनुसारको उपकरण र सरसमानहरु ऋहिले सम्म सवै ठाउँमा नपुगेकोले यस सम्बन्घी छानबिन ग र्न यस कार्यालयबाट छानबिन समिति गठन गरी आवश्यक कारबाहीकालागि मुख्यमन्त्री संग माग गरिएको छ ।

स्थानीय तहमा ल्याब संचालन गर्न करारमा भर्ना गरेका कर्मचारीहरुसंग लाखौं रकम असुलेर मात्र नियुक्ति दिएको प्रमाण यत्रतत्र बजारमा सुन्न पाइएको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

आर्थिक खरिद नियमावली बिपरीत चालु आर्थिक वर्षमा ५० भन्दा बढी कर्मचारी बिना सूचना नियुक्ति गरेको प्रमुख मिश्रमाथि आरोप लगाइएको छ । उनीमाथि विभिन्न पदकालागि गरिएको विज्ञापनमा प्रश्नपत्र आफै तयार गर्ने र आफै परीक्षा लिने गरेका कारण व्यापक आर्थिक अनियमितता गरिएको उनीमाथि आरोप लगाइएको छ ।

आर्थिक खरिद नियमावली विपरीत म्याद नियम बमोजिम सूचना प्रकाशन नगरी मिलेमतोमा आफ्नो मान्छेलाई खरिद गर्न आदेश दिई कमिसन खाएको, स्थानीय चुनावमा उम्मेदवार भएको व्यक्तिलाई पुनः कर्मचारी नियुक्त गरेको, आफ्नै दाई र भाईलाई तलव भत्ता खुवाएको, प्रयोगशालामा आफ्नो नातागोता र लेनदेनमा मात्र कर्मचारी भर्ना गरेको लगायत २० बुँदे आरोप लगाइएको छ ।-जनकपुर टुडे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]