०६ भाद्र २०८३, आइतबार
23-08-2026 , Sun
×

रुपन्देहीमा ४० वर्षीय कुर्मिको गोली हानी हत्या

Logo
प्रकाशित आइतबार, भाद्र २९, २०७६

रुपन्देही । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ३ मा ४० वर्षीय महेन्द्र कुर्मीको गोली हानी हत्या गरिएको छ।

बैंकबाट रकम झिकेर आउने क्रममा मोटरसाइकलमा आएका लुटेरा समूहले गोली हानी कुर्मीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

स्थानीयबासीका अनुसार बैंकबाट रकम निकालेर आउँदै गर्दा डाकाहरुको समूहले कुर्मीमाथि गोली हानेको बताएका छन् । गोली हानेपछि लडेका कुर्मीको साथमा रहेको ५ लाख रुपैयाँ पनि लुटेराले लगेका छन् ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]