०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

सर्लाहीमा मदरसाले ग¥यो सिकाई परियोजनाका कर्मचारीहरुलाई सम्मान

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष २८, २०८०

लालबन्दी । ब्रह्मपुरीको एक मदरसाले समावेशी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजनाका कर्मचारीहरुलाई सम्मान गरेको छ ।

मदरसासहित विद्यालयका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारमा प्रशंसनीय कार्य गरेको भन्दै ब्रह्मपुरी गाउँपालिकाको वडा नम्बर ७ मा रहेको इसलामिया मदरसाले राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके) का संरक्षण संयोजक नागेन्द्र प्रसाद शाह, बरिष्ठ परियोजना संयोजक आदित्य पटेल, कार्यक्रम अधिकृत विवेक झासहितका कर्मचारीहरुलाई मदरसा ब्यबस्थापन समिति अध्यक्ष ओमताज बैठा र संस्थापक एबम पुर्ब अध्यक्ष अमिन दर्जीले फुलमाला र दोसला ओढाई सम्मान गरेको हो ।

सिकाई परियोजना जिल्लाको ब्रह्मपुरी गाउँपालिकासहित चारओटा पालिकामा बिगत ५ बर्ष देखि सञ्चालनमा छ । अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन, विश्व शिक्षा, ह्याण्डीक्याफ इन्टरनेशनल र राष्टिय रोजगार प्रर्वद्धन केन्द्रको साझेदारीमा सञ्चालित परियोजनाले मदरसासहित ती चारओटा पालिकाको शिक्षाको क्षेत्रमा धेरै नै उलेखनीय तथा प्रसशनिया कामहरु गरिरहेको छ ।

मुस्लिम बालबालिकाले अध्ययन गर्ने मदरसाहरुको शैक्षिक सुधारमा सरकार र सम्बन्धित निकायले खासै चासो नदिईरहेको परिप्रक्ष्येमा सिकाई परियोजनाले विभिन्न किसिमका आधुनिक तथा गुणस्तरीय शैक्षिक सामग्री, खेलकुद सामग्री, बसाई ब्यबस्थापन सामग्री लगायत बालमैत्री तथा अपांगतामैत्री सुबिधा सम्पन्न शौचालयसमेत निर्माण गरिदिएको छ ।

परियोजनाले मदरसाका शिक्षकहरुलाई समेत समय समयमा विभिन्न बिषयगत तालिम दिएर पठनपाठनमा सहयोग गरिरहेको छ । जसले गर्दा मदरसामा शैशिक सुधार भएको इसलामिया मदरसाका संस्थापक एबम पुर्ब अध्यक्ष अमिन दर्जीले बताउनुभयो । उहाँका अनुसार हाल सो मदरसामा कक्षा १ देखि ४ सम्म पढाई भइरहेको छ जसमा हिन्दु र मुस्लिम दुवै समुदायका बालबालिकाले अध्ययन गरिरहेका छन् ।

सिकाई कर्मचारीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ब्रहम्पुरी गाउँपालिका वार्ड न. ७ का वडाअध्यक्ष रामसगर महतोले परियोजनाले ब्रहम्पुरी गाउँपालिकामा शिक्षाको क्षेत्रमा ठुलो लगानी गरेको बताउनुभयो ।

उहाँले परियोजनाले प्राप्त गरेको उपलब्धिलाई गाउँपालिकाले अपनत्व लिई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

परियोजनाको काम र आफूहरुको कार्यमूल्यांकन गर्दै सम्मान गरेकोमा मदरसा परिवारलाई धन्यवाद व्यक्त गर्नुहुँदै राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले इसलामिया मदरसालाई गाउँपालिकासंग समन्वय र सहकार्य गरेर मूल प्रबाहमा ल्याई जिल्लाको नमुना मदरसा बनाउन सकिने बताउनुभयो ।

कार्यक्रम मदरसा ब्यबस्थापन समितिका अध्यक्ष ओमताज बैठाको अध्यक्षता तथा ब्रहम्पुरी गाउँपालिकाका उपाध्यक्ष श्यामकला देवीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा विश्व शिक्षाका बिबेक झा, राष्टिय रोजगार प्रर्वद्धन केन्द्र (सिकाई) परियोजनाका बरिष्ठ परियोजना संयोजक आदित्य पटेल, संरक्षण संयोजक नागेन्द्र प्रसाद शाह, अधिकृत ललित झा लगायत अभिभाबक तथा बालबालिकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम को संचालन महिला शिक्षक संगिता कर्णले गरेकी थिईन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]