२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

गठबन्धनमा खटपट : संयुक्त अपीलमा सीके राउतले गरेनन् दस्तखत

Logo
न्यूजमधेश प्रकाशित आइतबार, पुष २९, २०८०

काठमाडौं । सत्ता गठबन्धनमा सहभागी ७ दलले राष्ट्रियसभा चुनावमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन संयुक्त अपील गरेका छन् । आइतबार बिहान बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनलाई थप बलियो बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।

गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा नाउपा र जनमोर्चासमेतको साझा अपील निकालिरहँदा जनमत पार्टी भने असन्तुष्ट देखिएको छ । अपीलमा उनको हस्ताक्षर छैन ।

जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले यस विषयमा आफूलाई कुनै जानकारी नगराइएको बताए । ‘हामीलाई साझा उम्मेदवारबारे पनि जानकारी छैन, साझा विज्ञप्ति बारे पनि जानकारी छैन’, उनले भने ।

गठबन्धनको बैठकमा कहिले बेलाउने कहिले नबोलाउने गरेको उनको भनाइ छ । राष्ट्रियसभा चुनावका लागि जनमतले मधेश र लुम्बनीमा छुट्टै उम्मेदवार अघि सारेको छ । गठबन्धनमा भागबन्डा नगरेपछि लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा बालगोविन्द चौधरी र मधेस प्रदेशको अन्य क्लस्टरमा रामशंकर महासेठलाई उम्मेदवार बनाइएको छ ।

सत्ता गठबन्धनले गरेको सीट बाँडफाँटमा सुरूबाटै जनमत रुष्ट थियो । पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमा पार्टीकी सांसद अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री छिन् । माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि आठ दलबाट ५२ जना उम्मेदवार छन् । सत्ता गठबन्धनबाट १९ जना उम्मेदवार बन्दा सत्ता गठबन्धनभित्रै रहेको जनमत पार्टी छुट्टै मैदानमा उभिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]