१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

सहिद परिवारको माग पूरा नभए आन्दोलन गर्ने

Logo
न्यूजमधेश प्रकाशित आइतबार, पुष २९, २०८०

जनकपुरधाम । जनयुद्ध र जनआन्दोलनका सहिद परिवारले आफ्ना माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनको केन्द्रीय कार्य समिति सदस्य राजु महतोको प्रमुख आतिथ्यतामा र फतुवा विजयपुर नगरपालिकाको पूर्व उप मेयर सहिद परिवार कान्ति देवी महतोको अध्यक्षतामा आइतवार बसेको प्रथम बैठकले माइतीघर मण्डलामा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

बैठकले ⁠श्रदाञ्जली कार्यक्रम, नेपालको संविधानमा धारा ४२ को उप धारा (५)मा व्यवस्थित सहिद परिवारलाई न्याय एवं उच्च सम्मानसहित शिक्षा, स्वास्थ्य, रोजगार तथा आवास को बेवास्था गरिएको भयता पनि कार्यन्वयन गराउनका निमित्त काठमाडौंको माइतीघरबाट आन्दोलन गर्ने, ⁠विभिन्न नगरपालिका, गाउँपालिकाको सहिद सन्ततिलाई आ आफ्नो कार्य क्षेत्र सम्हाल्नका लागि जिम्मा दिने पनि निर्णय गरेको छ ।

आन्दोलनको मिति भने अर्को बैठकले गर्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]