२३ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

नेपाल औषधि व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा भट्टराई निर्वाचित

Logo
प्रकाशित आइतबार, भाद्र २९, २०७६

भैरहवा । नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको अध्यक्षमा सुरज भट्टराई निर्वाचित भएको छ।सङ्घको आगामी नेतृत्वका लागि शनिबार साँझ सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी जवाहरलाल न्यौपानेलाई पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् । सङ्घको आगामी नेतृत्वका लागि अध्यक्षबाहेक सबै पद निर्विरोध भएको थियो ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा भट्टराईले ३२९ मत प्राप्त गरी विजयी भएका हुन् भने प्रतिद्वन्द्वी न्यौपानेले १२८ मत प्राप्त गर्नुभएको थियो । मतदानका क्रममा छ मत बदर भएको निर्वाचन समितिका संयोजक कृष्ण भट्टराईले बताए ।सङ्घको उपाध्यक्षमा खड्गबहादुर बस्नेत, महासचिवमा पुरुषोत्तम भट्टराई, सचिवमा नारायणबहादुर थापा र कोषाध्यक्ष पदमा कृष्णप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सहकोषध्यक्षमा माधव खनाल र सदस्यमा गणेश सेढाईं, कृष्ण पोखरेल, गोपाल घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् ।यसअघि अञ्चल शाखाको रूपमा रहेको सङ्घको जिल्ला कार्यसमितिका लागि पहिलोपटक अधिवेशन भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]