२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

नक्कली कागज बनाएर बेच्ने गिरोहका ७ जना पक्राउ, चार गाडी बरामद

Logo
न्यूजमधेश प्रकाशित आइतबार, पुष २९, २०८०

जनकपुरधाम । भारतीय चोरीको गाडी नेपाल भित्र्याएर नक्कली कागजात तयार पारी बेच्ने गिरोह जनकपुरधाममा सक्रिय बनेको खुलेको छ ।

धनुषा प्रहरीले नक्कली कागजात तयार पारेर गाडी बेच्ने गिरोहका सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरुबाट चार गाडी (कार) पनि बरामद गरिएको छ ।

पक्राउ पर्नेहरुमा महोत्तरीको जलेश्वर नगरपालिका ३ का ५० वर्षीय मोख्तार अनसारी, लोहरपट्टी नगरपालिका ६ का ४० वर्षीय जमजम भन्ने अन्सारूल कवारी, सोही नगरपालिका ४ का ३७ वर्षीय अजिम राईन, मनरासिसवा ६ का ३२ वर्षीय रोशन कुमार ठाकुर, जनकपुरधाम २३ का ३४ वर्षीय अविद नदाफ, लोहरपट्टी नगरपालिका ६ का २८ वर्षीय मोबारक अली र धनुषाधाम नगरपालिका ३ का २८ वर्षीय पंकज शर्मा छन् ।

उनीहरुबाट प्रहरीले प्रदेश–२–०३–००१ च. ११४० (सेतो क्रिएटा), प्रदेश–२–०३–००१ च ०११० (सेतो भिट्रा ब्रेजा), प्रदेश–२–०३–००१ च ५४८७ (सिलभर भिट्रा ब्रेजा) र प्रदेश–२–०३–००१ च ३७३९ (सेतो स्कार्पियो) गाडी बरामद गरेको छ ।

मोख्तार अनसारी भारतीय व्यक्तिहरुसंग सम्पर्क गरी गाडीको डिल गर्ने र नेपाली नम्वर प्लेट र ब्लुबुकको व्यवस्था मिलाउने गरेका थिए । उनले हालसम्म ८ वटा गाडी नेपालमा भित्र्याएको वयान दिएका छन् ।

अन्सारूल कवारीले मोख्तार अन्सारी संग सम्पर्क गरी भारतीय नम्वर प्लेटको गाडी खरिद गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले प्रदेश–२–०३–००१ च ५४८७ नम्वरको गाडी अजिम राईनलाई वेचेका थिए ।
यस्तै प्रदेश २–०३–००१ च ०११० नम्वरको गाडी नौसाद शेखलाई र प्रदेश–२–०३–००१ च. ११४० नम्वरको गाडी रोशन कुमार ठाकुरलाई वेचेको स्वीकारेका छन् ।

अजिम राईन वैदेशिक रोजगारबाट आएका व्यक्ति हुन् । उनले अंसारूल कवारीसंग प्रदेश–२–०३–००१ च ५४८७ नम्वरको गाडी १२ लाखमा खरिद गरेको प्रहरी समक्ष वयानमा भनेका छन् ।

आरके ट्राभल्सका संचालक रहेका रोशन कुमार ठाकुर पनि प्रहरी हिरासतमा छन् । उनले अंसारूल कवारीसंग प्रदेश–२–०३–००१ च. ११४० नम्वरको गाडी १५ लाखमा खरिद गरेको बताएका छन् ।

अविद नदाफ गाडी ड्राईभर हुन् । लोहरपट्टीका अख्तर नदाफको नातामा भिनाजु पर्नेसंग प्रदेश–२–०३–००१ च ३७३९ नम्वरको स्कार्पियो गाडी भडामा चलाउनको लागि ल्याएको उनको भनाई छ ।

पक्राउ परेका मोबारक अली विमा कम्पन्नीमा काम गर्ने कर्मचारी हुन् । साथी पर्ने नौसाद नजिरको गाडी प्रदेश २–०३–००१ च ०११० नम्वरको उनले ७÷८ महिनादेखि राखेको वयानमा भनेका छन्। नौसाद नजिर भने विदेश गइसकेका छन् ।

यस्तै पंकज शर्मा गाडी चालक हुन् । उनले प्रदेश २–०३–००१ च ०११० नम्वरको गाडी मोवारक अलीसंग भाडामा चलाउन लिएको वयान दिएका छन् ।

भन्सार चोरी निकासीका गाडीबाट भारतबाट भित्र्याएर नक्कली नम्बर राखेर चढिरहेको सूचनाको आधारमा उक्त गाडीहरु बरामद गरिएको र अनुसन्धान गर्दा नक्कली नम्बर र कागज बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडी देखाएर नक्कली सवारीधनी किताब बनाई विक्रि गरेको देखिएको छ । जनकपुर यातायातमा ति गाडीहरुको कुनै रेकर्ड फेला परेको छैन् ।

यातायात व्यवस्था कार्यालय नारायणी वीरगञ्जमा उक्त गाडीहरु माईक्रो बस र पिकअप गाडीको नाममा रहेको र गाडी धनीहरु पनि अर्कै व्यक्तिहरु रहेको देखिएको छ । पक्राउ परेका उनीहरुमाथि किर्ते तथा लिखित बदर भन्सारतर्फको कानुनी कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]