२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

गोलबजारका अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराए

Logo
न्यूज मधेश प्रकाशित सोमबार, माघ ०१, २०८०

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराएको घटना सार्वजनिक भएको छ ।

गत पुष २७ गते शुक्रबार राती ११ बजे १० जनाको जत्था लिएर गोलबजारका अधिकृत केसी वडा नम्बर ७ स्थित गणपति पेट्रोल पम्पमा रहेको एक चमेनागृहमा पुगे । चमेनागृहमा मुढा सल्काएर आगो ताप्ने बनाइएको छ ।

अगेना वरिपरी बसेर अधिकृत केसी दलबलसहित मदिरापान गर्न थाले । त्यही अवसरमा छरछिमेकका ४ जना युवाहरुले चमेनागृहको छेउमै रहेको अर्को एक चिया पसलको वरण्डामा बसेर चिया अर्डर गरे । चिया पिउन आएका युवा मध्ये एक जनाले चुरोट सल्काउन अधिकृत केसी बसेको ठाउँमा पुगेपछि बिबाद सुरु भयो ।

चुरोट सल्काउन अगेनो छेउमा पुगेका परमानन्द सदा भन्छन् उनीहरुले यहाँ ठूला मान्छेहरु खानपिन गर्न आएका छन् । तिमीहरु यहाँबाट जाउ भनेर आदेश दिए । हामी यता छेउमा बसेर चिया खान्छौं हजुरहरु इन्जोए गर्नुहोस् भन्यौ तर अधिकृत केसीको निकटम मित्र ज्ञान कुमार श्रेष्ठले तिमीहरु यहाँ किन आएको ? तुरुन्त यो ठाउँबाट गइहाल भनेर उर्दी लगाए ।

चिया पिउन गएका मध्ये ललित महतोले प्रतिवाद गरे । तपाईहरु यहाँ बसेर रक्सी खान हुने हामीले चिया खान नहुने ? होटल त सार्वजनिक स्थान हो । ललित महतो भन्छन् हामीले प्रतिवाद गरेको अधिकृत केसीसँग आएका दलबलका नाइके ज्ञान कुमार श्रेष्ठलाई मन परेन । उनले हामीलाई झम्टिन खोजे । उनीसँग भएका सबै केटाहरु जाइलाग्न खोजे । हामी त्यहाँबाट भाग्यौं । सिंहले थपे – हामी ४ जना मात्र थियौं उनीहरु १० जनाभन्दा अधिक थिए । फोन गरेर थप केटाहरु पनि बोलाउन थाले । हामी भाग्न थाल्यो उनीहरु दपेट्दै करिब सय मिटर पश्चिम हाम्रो टोलसम्म पुगे । हामी नभागेको भए कुटककुट हुन्थ्यो ।

यस विषयमा अधिकृत केसीसँग सम्पर्क गर्दा हुन सकेन । उनलाई जहिल्यै फोन गर्दा उठ्दैन । त्यहाँका एक कर्मचारी भन्छन्– अधिकृत केसी सर अपरिरित नम्बर रिसिभ गर्नुहुन्नँ ।

यस प्रसंगमा सिरहाका प्रहरी प्रमुख टेकुनन्द इवालिम्बुसँग जिज्ञाशा राख्दा उनले भने– त्यहाँ त्यस ठाउँमा रात्रीकालिन समयमा जमघट हुँदोरहेछ । त्यसलाई तुरुन्त नियन्त्रण गरिने छ । जोसुकै होस् जाँड खाएर होहल्ला गरेको पाइएमा पक्रेर थुन्नु भनेर मातहतका प्रहरी कार्यालयमा आदेश गरेको छु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]