०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

मिर्चैयामा शैक्षिक क्रान्ति हुन जाँदैछ : मेयर यादव

Logo
न्यूजमधेश प्रकाशित सोमबार, माघ ०१, २०८०

सिरहा । सिरहाको मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैयामा शैक्षिक क्रान्ति हुन गइरहेको बताएका छन् । मिर्चैयास्थित मोहन नमूना माध्यमिक विद्यालयमा सोमबार आयोजित ब्रम्हचारी दामोदरानन्दको १५१औं जन्म जयन्ती कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

ब्रम्हचारी दामोदरानन्दको ज्ञानपथलाई अंगाल्दै मिर्चैया नगरपालिकामा शैक्षिक क्रान्तिको सुरुवात हुन गइरहेको उनले बताए । ‘हामीले आन्तरिकसँगै बाह्य काम पनि सुरु गरिसकेका छौं,’ उनले भने, ‘मिर्चैयालाई उत्कृष्ट शैक्षिक हबको रूपमा विकास गर्न हामीले खाका कोरिसकेका छौं, यहाँ शैक्षिक क्रान्तिको आभाष चाँडै हुनेछ ।’

नगरप्रमुख यादवले मुलुकमा थुप्रा क्रान्तिहरू भएपनि त्यसलाई कार्यान्वयनमा ल्याउन अब शैक्षिक क्रान्ति आवश्यक रहेको र यसका लागि आफू पछिल्लो समय गम्भीर भएर अघि बढेको बताए ।

मिर्चैया नगरपालिकामा अब कोही पनि आर्थिक समस्याकै कारण शिक्षाबाट बञ्चित नरहने र नगरपालिका हरेक खाले शैक्षिक गतिविधिमा सहयोग र हातेमालो गर्न तत्पर रहेको पनि उनले जनाए ।

शिक्षा क्षेत्रमा परिवर्तन सरकारको एकल प्रयासले मात्रै सम्भव नहुने भन्दै उनले यसमा शिक्षक, अभिभावक र बुद्धिजीवी वर्गको पनि इमानदार प्रयास र हस्तक्षेप आवश्यक रहेको औल्याए । मिर्चैया नगरपालिकाले थालेको शैक्षिक रुपान्तरणको अभियानमा सबैको साथ, सहयोग, सहकार्य र समन्वयको अपेक्षा उनले राखे ।

आजकै कार्यक्रममा एसईई उत्तीर्ण गरेका १५ उत्कृष्ट विद्यार्थीलाई १० र १५ हजारको दरले उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन स्वरूप आर्थिक सहयोगसमेत प्रदान गरिएको छ । यस्तो कार्य नगरपालिकाले निरन्तर रूपमा गर्दै अघि बढ्ने मेयर यादवले प्रतिबद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]