१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

मिचैयामा शैक्षिक सुधारको प्रयत्न : नियमित कोचिङ नआउने विद्यार्थीको दैलोमा मेयर यादव

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, माघ ०२, २०८०

सिरहा । मिर्चैया नगरपालिकाभित्र सामुदायिक विद्यालयमध्ये पाँच वटा माध्यमिक विद्यालय छन् । ती सबैमा नगरपालिकाले कक्षा ८ देखि १० सम्मका विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन गर्दै आएको छ ।

मिर्चैया नगरपालिका ५ मिर्चैयास्थित मोहन नमूना माध्यमिक विद्यालय, वडा ७ फूलबरियास्थित बाबुजी राय जुनाई ठाकुर माध्यमिक विद्यालय, वडा १ विर्तास्थित सारदा माध्यमिक विद्यालय, वडा ११ सितापुरस्थित जनता माध्यमिक विद्यालय र वडा ३ स्थित आधारभूत विद्यालय राघोपुर गरी पाँचवटै विद्यलायमा बिहान ६ बजेदेखि ९ बजेसम्म कोचिङ कक्षा सञ्चालन हुन्छ ।

ती विद्यालयहरुमा कोचिङ कक्षा कसरी सञ्चालन भइरहेको छ भन्ने विषयमा अनुगमन गर्न नगरप्रमुख श्रवणकुमार यादव मंगलबार बिहानै सितापुरस्थित जनता माध्यमिक विद्यालयतिर हान्निए । उनी त्यहाँ पुगेर कक्षा कोठामा पसे । कोचिङ पढ्न आएका विद्यार्थीलाई मेयर यादवले धन्यवाद दिँदै हौस्याए ।

त्यसपछि उनले शिक्षकसँग विद्यार्थीको हाजिरी मागे । हाजिरी रजिस्टर हेर्दा सबै विद्यार्थी नियमित कोचिङ पढ्न नआएको उनले देखे । त्यसपछि तुरुन्तै फोन गरेर उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र स्थानीय वुद्धिजीवीहरुलाई विद्यालयमा बोलाए । उनीहरुलाई साथमै लिएर मेयर यादव गाउँमा निस्के ।

नियमित कोचिङ पढ्न नआउने विद्यार्थीहरुको घरदैलोमै पुगी उनले विद्यार्थी एवं अभिभावकलाई नगरपालिकाले थालेको शैक्षिक रुपान्तरणको अभियानप्रति गम्भीर बन्न र नियमित पढ्न आउन आग्रह गरे । शैक्षिक रुपान्तरण नगरपालिकाको एक्लो प्रयासले मात्र सम्भव नहुने भन्दै उनले यसप्रति समाजलाई चाँसो र निगरानी राख्न पनि अनुरोध गरे ।

स्थानीय अभिभावक र विद्यार्थीले पनि अब आफूहरु गम्भीर बन्ने बाचा मेयर यादवसँग गरेका थिए । विद्यार्थीको हित र शिक्षामा आकर्षण बढाउन नगरपालिका गुरुयोजना बनाएर अघि बढेको भन्दै मेयर यादवले सबैलाई यसमा साथ दिन अपिल गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]