३० कार्तिक २०८२, आइतबार
16-11-2025 , Sun
×

जनमत पार्टीद्वारा मधेश सरकारको भ्रष्टाचार छानविन गर्न माग

Logo
न्यूज मधेश प्रकाशित बुधबार, माघ ०३, २०८०

जनकपुरधाम । मधेश प्रदेश सरकारले आज ‘मधेश स्वाभिमान दिवस’ मनाइँदैछ । जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला संस्कृति केन्द्रमा प्रदेश सरकारले दिवस मनाउन कार्यक्रम आयोजना गरेको छ ।

सोही कार्यक्रममा मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो कार्यकालको एकवर्षे उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् ।‌ तर सत्तारुढ जनमत पार्टीले नै प्रदेश सरकारले गरेको भ्रष्टाचारको छानविन गर्न माग गरेको छ ।

जनमतका राष्ट्रिय सचिव बीपी साहले आज विज्ञप्ति जारी गर्दै मधेश प्रदेश सरकारमा भएका मुख्य ६ भ्रष्टाचारकाण्डलाई उजार गर्दै छानविन एवं कारवाहीको माग गरेका छन् । उनले मधेश प्रदेश सरकारद्धारा मधेशीको स्वाभिमान गिराउने कार्य भएको टिप्पणी गरेका हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘मधेश आन्दोलन तथा मधेशी शहीदहरुको भावनालाई कुल्चिदै संघीयतालाई समाप्त पार्ने, मधेशी जनताको स्वाभिमान गिराउने कार्य जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकारबाट विगत ६ वर्षमा भएकोले सरोकारबालाहरुको ध्यानाकाषर्ण गराउँदै सम्बन्धीत पक्षबाट छानविन गरी कारवाहीको दायरामा ल्याई मधेशको स्वाभिमान उच्च राख्न हार्दिक अनुरोध गर्दछु ।’

गणतन्त्र, संघीयता, समावेशीता र मधेशवादलाई बदनाम हुनबाट जोगाउन र मधेश प्रदेशलाई देशकै सबल एवं स्वाभिमानी प्रदेशका रुपमा स्थापित गराउन आम समुदायसँग जनमत पार्टीले अपिल समेत गरेको छ ।

विज्ञप्तिमा मधेशी जनताको स्वाभिमान गिराउने ६ वर्षका ६ भ्रष्टाचारकाण्डहरु पनि उल्लेख गरिएको छ, हेर्नुहोस् :

१. साइकल चोरी काण्ड :१० करोड ३३ लाखको भ्रष्टाचारको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा विशेष अदालतमा मुद्दा दर्ता । थपको छानविन हुन बाँकी ।

२. स्वच्छता काण्ड: मुख्यमन्त्री स्वच्छता अभियानमाको झण्डै १ अर्ब २८ करोड बजेटमा अनियमितता भएको भन्दै अख्तियारद्धारा छानविनको क्रममा ।

३. बेटी ठगी काण्ड: मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तरगत छोरी शिक्षा बिमाको ६ हजार फाईल गायब गरी विमा रकम खातामा जम्मा नगरेको । छानविन गरी कारवाही हुन बाँकी ।

४. जानकी मन्दिरमा भ्रष्टाचार काण्ड: मधेश प्रदेशको गौरब जानकी मन्दिरको विद्युतीकरण एवं सौन्दर्यीकरणमा करोडौंको भ्रष्टाचार । छानविन हुन बाँकी ।

५. सर्प काण्ड: झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सर्लाहीको नाममा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको भन्दै अख्तियारद्धारा विशेष अदालतमा मुद्दा दायर ।

६.शहीद परिवार ठगी काण्ड: मधेश प्रदेश सरकारद्धारा शहीद परिवारलाई वितरण गर्ने भनि ल्याइएको भैंसी वितरणमा शहीद परिवारलाई ठगेको । अनुसन्धान हुन बाँकी ।

मधेश प्रदेशका जनता एवं संघीयतालाई बदनाम गराउन जसपा नेतृत्वको सरकारले पछिल्लो आर्थिक वर्षमा नियम मिचेर गरेको अनुदान वितरण एवं रकमान्तर, कृषि मन्त्रालयबाट कानून वितरित कृषि अनुदान तथा कोल्ड स्टोर निर्माणमा भ्रष्टाचार र भरत ताल सर्लाहीमा ४५ करोड भ्रष्टाचार काण्ड भएको सार्वजनिक लेखा समितिद्धारा ठहर, मधेश परिवहनसहितका दर्जनौं भ्रष्टाचार तथा अनियमितताको विषयमा पनि छानविन हुनुपर्ने माग माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो एक वर्षमा प्रदेश सभालाई निक्कमा बनाई एउटा पनि विधेयक पारित गराउन नसकेको (आर्थिक विधेयक बाहेक), बनेका विधेयकहरुलाई कार्यान्वयनमा ल्याउन नसकेको, मधेश प्रदेश सरकारमा दलितलाई सहभागी गराउन नसकेको (जनमत पार्टीले सिफारिस गरेको दलित महिलाई मन्त्रीको शपथ नगराएको)जस्ता मधेश विरोधी गतिविधि भइरहेकोले मधेशी जनतालाई जागरुक हुन अपील गर्दछु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]