३० फाल्गुण २०८१, शनिबार
15-03-2025 , Sat
×

‘मधेश स्वाभिमान दिवस’ कार्यक्रममै जनमतको विरोध प्रदर्शन

भ्रष्टाचार काण्डहरुको छानविन गर्न माग
Logo
न्यूजमधेश प्रकाशित बुधबार, माघ ०३, २०८०

जनकपुरधाम । मधेश सरकारद्वारा आयोजित‘मधेश स्वाभिमान दिवस कार्यक्रममै जनमत पार्टीका नेता कार्यकर्ताहरु विरोध गरेका छन् ।

मधेश सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला संस्कृति भवनमा कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम भइरहेकै बेला जनमत पार्टीका नेता कार्यकर्ताहरु प्रवेश गरी भ्रष्टाचार काण्डहरुको छानविन गर भन्दै प्रदर्शन गरेका छन् ।

मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत भएको साइकल खरिद, मुख्यमन्त्री स्वच्छता अभियान, जानकी मन्दिरको सौन्दर्यीकरण लगायतका भ्रष्टाचार काण्डहरुको छानविन हुनुपर्ने जनमत पार्टीका नेता कार्यकर्ताहरु माग गरेका छन् ।

जनमतका नेता कार्यकर्ताहरु अचानक प्रदर्शनमा उत्रेपछि सहभागीहरु चकित परे । उनीहरुको प्रदर्शनका कारण कार्यक्रम लथालिङ्ग बनेको हो । अहिले प्रदर्शनकारीलाई बाहिर निकालिएको छ ।

जनमतका प्रदर्शनकारीहरु प्रदेश सरकार मुर्दाबाद, भ्रष्ट मुख्यमन्त्री मुर्दाबाद जस्ता नारा लगाएका छन् । उनीहरु अहिले प्रदर्शन गर्दै बजारतर्फ लागेका छन् ।

जनमतका एक नेताले भने, ‘प्रदेश सरकार भ्रष्टाचारमा डुबेको छ । मुख्यमन्त्री सरोज कुमार यादव आफै भ्रष्टाचारीको संरक्षण गरिरहेका छन् ।सबै भ्रष्टाचार काण्डको छानविन हुनुपर्छ उनहरुले माग गरेका छन् ।’

२०७८ माघ ३ गते अर्थात् आजकै दिन प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले प्रदेश सरकार तामझामका साथ स्वाभिमान दिवस मनाउन लागेको छ ।

मुख्यमन्त्री यादवले सम्बोधनको क्रममा भनेका थिए, ‘जनमत पार्टीले सरकार भ्रष्टाचार गरिरहेको आरोप लगाइरहेको छ । यदि त्यस्तो हो भने किन जनमत सरकारमा छ । सरकार छाडे भयो नी ।’

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]