१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

‘मधेश स्वाभिमान दिवस’ कार्यक्रममै जनमतको विरोध प्रदर्शन

भ्रष्टाचार काण्डहरुको छानविन गर्न माग
Logo
न्यूजमधेश प्रकाशित बुधबार, माघ ०३, २०८०

जनकपुरधाम । मधेश सरकारद्वारा आयोजित‘मधेश स्वाभिमान दिवस कार्यक्रममै जनमत पार्टीका नेता कार्यकर्ताहरु विरोध गरेका छन् ।

मधेश सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला संस्कृति भवनमा कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम भइरहेकै बेला जनमत पार्टीका नेता कार्यकर्ताहरु प्रवेश गरी भ्रष्टाचार काण्डहरुको छानविन गर भन्दै प्रदर्शन गरेका छन् ।

मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत भएको साइकल खरिद, मुख्यमन्त्री स्वच्छता अभियान, जानकी मन्दिरको सौन्दर्यीकरण लगायतका भ्रष्टाचार काण्डहरुको छानविन हुनुपर्ने जनमत पार्टीका नेता कार्यकर्ताहरु माग गरेका छन् ।

जनमतका नेता कार्यकर्ताहरु अचानक प्रदर्शनमा उत्रेपछि सहभागीहरु चकित परे । उनीहरुको प्रदर्शनका कारण कार्यक्रम लथालिङ्ग बनेको हो । अहिले प्रदर्शनकारीलाई बाहिर निकालिएको छ ।

जनमतका प्रदर्शनकारीहरु प्रदेश सरकार मुर्दाबाद, भ्रष्ट मुख्यमन्त्री मुर्दाबाद जस्ता नारा लगाएका छन् । उनीहरु अहिले प्रदर्शन गर्दै बजारतर्फ लागेका छन् ।

जनमतका एक नेताले भने, ‘प्रदेश सरकार भ्रष्टाचारमा डुबेको छ । मुख्यमन्त्री सरोज कुमार यादव आफै भ्रष्टाचारीको संरक्षण गरिरहेका छन् ।सबै भ्रष्टाचार काण्डको छानविन हुनुपर्छ उनहरुले माग गरेका छन् ।’

२०७८ माघ ३ गते अर्थात् आजकै दिन प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले प्रदेश सरकार तामझामका साथ स्वाभिमान दिवस मनाउन लागेको छ ।

मुख्यमन्त्री यादवले सम्बोधनको क्रममा भनेका थिए, ‘जनमत पार्टीले सरकार भ्रष्टाचार गरिरहेको आरोप लगाइरहेको छ । यदि त्यस्तो हो भने किन जनमत सरकारमा छ । सरकार छाडे भयो नी ।’

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]