१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

बलिदानी दिवस : सिरहाको सन्हैठा आउदै डा. सीके राउत , सम्पुर्ण त्यारी पूरा

Logo
दिपेन्द्र कुमार यादव प्रकाशित बिहिबार, माघ ०४, २०८०

सिरहा । जनमत पार्टी सिरहाको आयोजनामा १७ औं बलिदानी दिवस तथा बृहत पार्टी प्रबेश कार्यक्रम भोलि माघ ०५ गते सिरहाको सन्हैठामा हुदैछ।

कार्यक्रमको सम्बोधन गर्न प्रमुख अतिथिको रुपमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत आउने जनमत पार्टीले जनाएको छ।

मधेश आन्दोलनको प्रथम सहिद स्व. रमेश महतो लगायतका सहिदहरुको सम्मानमा प्रत्येक बर्ष माघ ०५ गते बलिदानी दिवस मनाउदै आएको छ।

जनमत पार्टीको आयोजनामा सिरहाको सन्हैठामा बलिदानी दिवस संगै बृहत पार्टी प्रबेश कार्यक्रम पनि हुने भएको छ। विभिन्न पार्टीका हजारौं नेताकार्यकर्ता जनमतमा प्रबेश गर्ने जनमत पार्टीले जनाएको छ।

सहिदको सम्मानमा सिरहाको सन्हैठामा रक्तदान कार्यक्रम पनि राखिएको छ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]