०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

जनकपुर जेसीजमा युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि मेरो उम्मेदवारी : साह

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, माघ ०४, २०८०

जनकपुरधाम । जेसिजले मुख्यतः चार वटा क्षेत्रमा काम गर्छ । व्यक्तित्व विकास, सामुदायिक विकास, व्यावसायिक विकास र अन्तर्राष्ट्रिय विकास क्षेत्र हो, यद्यपी, अहिलेसम्म हामी प्रायः व्यक्तिगत विकासका कामहरूमा केन्द्रित भइरहेका छौँ । त्यसैले जनकपुर जेसीजको युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदबारी दिएको आशुतोष साहले बताए ।

अध्यक्षका उम्मेदबार आशुतोषले जनकपुर जेसीजमा निर्वाचित भए पश्चात सामाजिक विकासका कामहरू पनि गर्ने गर्छौं । साथै, हामीले जेसिजका सदस्यहरूलाई विभिन्न किसिमका तालिमहरू ल्याउँछौं । जेसिजको उद्देश्य भनेकै युवाहरूलाई सक्षम बनाउने हो । कुनै युवा सक्षम बन्नका लागि शिक्षा मात्रै काफी हुँदैन । शिक्षा सँगसँगै व्यक्तिको व्यक्तित्व, नेतृत्व र बोल्ने कलाको विकास हुनुपर्छ । यसलाई नै हामीले मुख्य रूपमा अगाडि बढाएका छौं । जेसिजबाट व्यक्तित्व र नेतृत्व विकास गरेका धेरै व्यक्तिहरू अहिले राज्यका विभिन्न निकायहरू र कयौँ संसंस्थाहरूको नेतृत्वमा समेत हुनुहुन्छ । उहाँहरू त्यहाँसम्म पुग्नुमा जेसिजको योगदान महत्वपूर्ण छ भन्ने मेरो धारणा छ । सोही कारण जेसिजप्रति युवाहरूको आकर्षण राम्रो छ ।

जेसिजमा लाग्नेहरू पुँजिपतिवर्गका मात्र हुन्छन् भन्ने सोचाई परिवर्तन गर्नका लागि पनि मेरो उम्मेदबारी रहेको आशुतोष सुनाउंछन् । बरु मेरो विचारमा त जेसिज धनी बनाउने सँस्था हो भन्छु । यहाँ संसारभरिका उद्यमी र व्यावसायी व्यक्तित्वहरूबीच सम्बन्ध, सहकार्य तथा अन्तरक्रिया हुने गर्दछ जसबाट आर्थिक समृद्धि प्राप्त गर्नका लागी विभिन्न विकल्पहरूलाई उपयोग गर्न सकिन्छ । तर जेसिजपछि विभिन्न कार्यक्रम र तालिममा आफै सहभागी हुने तथा समय पनि दिनुपर्ने हुन्छ । यस कारणले मानिसहरूमा त्यस्तो भ्रम उत्पन्न भएको हुन सक्दछ ।

जनकपुर जेसीजको चुनाव भोली शुक्रवार हुंदैछ । वर्ष २०२४ को अध्यक्ष बन्न तीन उम्मेदवार मैदानमा छन् । जसमध्ये आशुतोष साह बलिया उम्मेदवार हुन् । गत वर्ष उनी अध्यक्षमा मात्र ४ मतले पछी परे । तर उनले गरेको कामले यो वर्ष धेरैको मन जित्न सफल बनेको जनकपुर जेसीजका सदस्यहरु बताउँछन् । आशुतोष विगत, वर्तमान र भविष्यको वस्तुनिष्ठ अध्ययन गरेर जनकपुर जेसीजको नेतृत्व गर्न खोजेका छन् । त्यसैले उनलाई विश्वास गरेर नेतृत्वमा पुर्याउन आवश्यक रहेको जेसीज सदस्यहरुको धारणछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]