२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

सिडिओ कार्यालयमै मिटरब्याज ऋणीद्वारा साहुमाथि भौतिक आक्रमण

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, माघ ०४, २०८०

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याज ऋणीकाे एक समूहले एक साहु (महाजन)लाई कुटपिट तथा दुर्व्यवहार गरेका छन् ।

सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरुको समूहले कुटपिट गरेको हो । गोइतको टाउको फुटेको छ । उनी कानूनी व्यवसायी रहेको बुझिएको छ ।

मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि उनीहरुलाई प्रशासनले छलफलका लागि बोलाएका बेला घटना भएको हो । छलफल अगावै गोइतलाई अमरसहितका व्यक्तिहरु कुटपिट गरेको सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बुले जानकारी दिए ।

उनले भने, ‘तीन/चार जना मिलेर कानून व्यवसायी गोइतलाई कुटपिट गरेको थियो । उहाँ प्राथमिक उपचार गराएर घर गइसक्नुभयो । अमरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]