०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

मधेश विद्रोहको १७ वर्ष पूरा: आज ‘बलिदान दिवस’ मनाइँदै

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, माघ ०५, २०८०

जनकपुरधाम ‌। मधेश विद्रोह सुरु भएको आज १७ वर्ष पूरा भएको छ । आजकै दिन सिरहाको लहानमा रमेश महतो शहिद भएका थिए ।

महतो मधेश विद्रोहका प्रथम शहिद हुन् । उनको सम्झनामा मधेश केन्द्रित दल र मधेश सरकार १७ औं बलिदानी दिवस मनाइँदै छ । लहानस्थित शहिद महतोको शालिकमा नेताहरु माल्यार्पण गर्ने छन् ।

आमा रानो देवी र बुवा रवि महतो विहानै लहान पुगेर छोरा शहिद रमेशको शालिकमा माल्यार्पण गर्दै श्रद्धाजली अर्पण गरेका छन् । उनीहरु छोराको श्रद्धाजली दिन हरेक वर्ष लहान पुग्छन् ।

२०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाएका थिए । उनीहरुलाई पक्राउ गरेपछि मधेशका जिल्लाहरुमा आन्दोलन सुरु भएको थियो ।

आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्यनरत सिरहा मझौराका विद्यार्थी १६ वर्षीय महतो पहिलो शहिद भए । त्यसपछि मधेशभर आगोझैं आन्दोलन फैलिएको थियो ।

मधेसमा पटक(पटक भएका आन्दोलनमा सयौं मधेसी शहिद भए । सयौं आन्दोलनकारी घाइते भए । कतिपय अशक्त बनेर जसोतसो बाचिरहेका छन् । धेरैले अझै मुद्दा झेल्दैछन् । तर, आन्दोलनमा ज्यानको बलिदानी दिएका शहिदहरूको सपना अझै पूरा हुन सकेको छैन ।

मधेश बिद्रोहले नै देशमा संघीयता ल्यायो । सात प्रदेश बन्यो । मधेशको ८ जिल्लालाई तत्काल प्रदेश २ नामाकरण गरियो, जसलाई पहिचानसहितको नाम ‘मधेश प्रदेश’ प्रदेशसभाबाट पारित गरियो ।

मधेश विद्रोहको अगुवाई गरेका उपेन्द्रकै पार्टी प्रदेशको बागडोर सम्हाले । मधेश आन्दोलनकै बलमा मधेशी नेताहरु सत्तामा पुगे । तर शहिद परिवारले न उचित सम्मान पाउन सकेका छन्, न जनताले संघीयताको आभास गर्न पाएका छन् ।

मधेश सरकारले बलिदानी दिवसलाई कोठे कार्यक्रममा सिमित गरेको छ । बलिदानी दिवसको अवसरमा यसवर्स प्रदेश सरकार वीरगञ्जको टाउन हलमा गर्न लागेको हो । शहिद परिवारलाई सम्मान र जसपा अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै जनमत पार्टीले सिरहाको सन्हैठामा बलिदान दिवस तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ । अध्यक्ष डा. सीके राउतले प्रथम शहिद महतोको घर पुगेर उनको परिवारलाई सम्मान गर्ने र कार्यक्रममा सम्बोधन गर्ने बुझिएको छ ।

मधेश सरकारले बलिदानी दिवसको अवसरमा आज सार्वजनिक विदा दिएको छ ।

प्रदेश सरकारको निर्णय कागजमै सीमित

तत्कालिन प्रदेश २ (अहिलेको मधेश प्रदेश) सरकारले मधेस आन्दोलनका शहिद परिवारका एकजनालाई रोजगारी दिने, आन्दोलनका घाइतेलाई उचित उपचारको व्यवस्था मिलाउने, प्रदेशबाट उपलब्ध हुने स्वास्थ्य, शिक्षा लगायतका सुविधामा शहिद र घाइतेका परिवारलाई सहुलियत दिन परिचय पत्रको व्यवस्था गर्ने पहिलो निर्णय गरेको थियो ।

तर सरकारको पहिलो निर्णय अझै कार्यान्वयन भएको छैन । सरकारको पहिलो निर्णय कार्यान्वयनका लागि शहिद परिवारहरुले पटक पटक आन्दोलन पनि गरेका छन् । आन्दोलनपछि केहि शहिद परिवारका सदस्यलाई करारको जागिर बाहेक सरकार केहि गर्न नसकेको अबस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]