२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

मधेश सरकारको ‘बलिदानी दिवस’ कार्यक्रममा घाइतेहरुको विरोध

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, माघ ०५, २०८०

जनकपुरधाम । मधेश सरकारले वीरगञ्जमा मनाउन लागेको मधेश बलिदानी दिवस समारोहमा आन्दोलनका घाइतेहरुले होहल्ला गरेका छन् ।

राहतमा विभेद गरेको भन्दै उनीहरुले विरोध गरेका हुन् । मञ्च नजिकै पुगेर विरोध गर्न थालेपछि उनीहरुलाई पनि चेक वितरण सुरु गरिएको छ।

कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले शहीद परिवारका सदस्यलाई ३/३ लाखको चेक र कम्बल वितरण गरेका थिए।आन्दोलनका घाइतेहरुलाई अवस्था हेरेर १ देखि २ लाखसम्म आर्थिक सहयोग गर्ने प्रदेश सरकारले जनाएको छ ।

०६३ सालको पहिलो मधेश आन्दोलनमा सिरहाको लहानमा विद्यार्थी रमेश महतो शहिद भएका थिए ।

पहिलो शहिद महतोको सम्झनामा प्रदेश सरकार आज सार्वजनिक बिदा दिएको छ भने वीरगञ्जको टाउन हलमा बलिदानी दिवस मनाइँदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]