०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

आन्दोलनका लागि तयार हुनुपर्छ : डा.सीके राउत

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, माघ ०५, २०८०

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले अधिकार अझै नपाएको भन्दै आन्दोलनका लागि तयार हुनुपर्ने बताएका छन् ।

सिरहाको लहानस्थित शहिद रमेश महतोको शालिकमा माल्यार्पण र श्रद्धाजली दिदै उनले भने, ‘रमेश महतो सहादत दिएको १७ वर्ष वित्यो । संघीयता आयो । तर अधिकार पाएनौं । विभेद पनि कायमै छ । त्यसैले जनमत पार्टी संघर्षका लागि तयार छ । मधेशी जनता पनि तयार हुनुपर्छ ।’

‘मेचीदेखि महाकालीसम्म २२–२४ जिल्लाको समग्र मधेश एक प्रदेशका लागि आन्दोलन भएको थियो’, अध्यक्ष डा राउतले भने, ‘तर ८ जिल्लामा सिमित गरियो ।’ उनले हरेक ठाउँमा विभेद कायम रहेको र जनमत पार्टी मात्र विरोध गर्दै आएको बताए ।

डा. राउतले न्यायाधिश नियुक्ति र राष्ट्रियसभामा उम्मेदवार चयनमा समेत विभेद गरिएको बताए । मधेशबाट भोट लिने तर मधेशीलाई कतै ठाउँ नदिने दलहरुको प्रवृत्ति देखिएको उनको भनाइ छ ।

उनले भने, ‘न्यायाधिश नियुक्तिको पनि हामीले विरोध गरेका छौं । राष्ट्रियसभामा पनि उम्मेदवार उठाएका छौं । अब आन्दोलनको विकल्प छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]