०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

मधेशी शहीहरुको सपना पुरा भएको छैन : सचीव यादव

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, माघ ०५, २०८०

भैरहवा । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले मधेशी शहीदहरुको सपना अझै पूरा नभएको बताएका छन् ।

पार्टीले बलिदानी दिवसको अवसरमा शुक्रबार रुपन्देहीको मर्चवारी गाउँपालिका–७ स्थित बगौलीमा आयोजना गरेको दीप प्रज्जवलन कार्यक्रममा बोल्दै सचिव यादवले यस्तो बताएका हुन् ।

उनले भने, ‘मधेश विद्रोहदेखि अहिलेसम्म मधेशी शहीहरुको सपना पुरा भएको छैन । त्यसले अब जनमत पार्टीको नेतृत्वमा एकपटक वा कि पारको आन्दोलन गर्नुपर्छ ।’ उनले शहीदहरुको बलिदानीको कदर गर्नुपर्ने र योगदान कहिल्यै पनि भुल्न नहुने बताए ।

कार्यक्रममा जनमत पार्टीका नेता-कार्यकर्ताहरुले शहीदहरुको सम्झनामा दीप प्रज्जवलन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]